site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकघण्टा यात्रु कुराएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजमै गालीगलौज
Sarbottam CementSarbottam Cement

काठमाडौं । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानस्थलमा एकघण्टा बढी जहाज कुराएको भन्दै यात्रुले पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेका छन् । जहाजभित्रै रहेका केही युवाहरुले उनलाई गालीगलौज गरेका हुन् । मन्त्री भट्टराईले बुध्द एयरसँग आग्रह गरेर १५ मिनेट मात्रै ढिला भएको बताएका छन् ।

यात्रुले मन्त्रीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौं आउने जहाजलाई मन्त्रीले एकघण्टा कुराएर यात्रुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईलाई गालीगलौज गरिएको छ । “समयको ख्याल गर्नुपर्छ कि पर्दैन ? कहिले प्रधानमन्त्री आउने ढिला गरिदिने कहिले मन्त्रीले ढिला गरिदिने, तपाईंले यसको जवाफ दिनुपर्छ,”आक्रोशित यात्रुले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

उनीहरुले पञ्चायतकालमा जस्तै भएको बताएका छन् ।

मन्त्री भट्टराईले भने टीकापुरमा आयोजना भएको कार्यक्रम सकेर फर्किने क्रममा विमानस्थलमा केही व्यक्तिहरुले ३–४ जना व्यक्तिहरु आक्रामक शैलीमा आफ्ना विरुद्ध प्रस्तुत भएको बताएका छन् । उनले फेसबुकमा जवाफ दिँदै भनेका छन्– 

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC