site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतका सरकारी कार्यालयहरु बाँदर आतङ्कले हैरान छन् !
Ghorahi CementGhorahi Cement

एजेन्सी । पछिल्लो समय भारतको केन्द्रिय सरकारी कार्यालय बाँदर आतङ्कले हैरान भएको छ । प्रधानमन्त्री भवनदेखि सबै प्रमुख मन्त्रालयहरुमा बाँदरका सेनाले कब्जा जमाउन थालेपछि सरकारी अधिकारीहरुलगायत सर्वसाधारणसमेत त्रासमा बस्नु परिरहेको बताइएको छ ।  

यसरी बाँदरहरुले दिनहुँ खानेकुराहरु खोस्नेदेखि पावर लाइनहरु भाँच्ने र झ्यालबाट महत्वपूर्ण डक्युमेन्ट समेत खोसेर च्यात्ने अनि भाग्ने गरेको गृह मन्त्रालयका एक कर्मचारीले बताएका हुन् । वास्तवमा तिव्र शहरीकरणले नै बाँदरहरुलाई विस्थापित गराइरहेको हुँदा उनीहरु खानाका निम्ति मानव वस्तीमा पस्न बाध्य भएको बताइएको छ । 
यस्तोमा भारतीय निकायले यस समस्याबाट राहत पाउनकै लागि बाँदरहरु डराउने लंगुरको प्रजातिको भेष बदल्ने मानिसलाई समेत राख्ने गरेको छ । तर जस्तोसुकै उपाय अपनाए पनि तिनीहरु केही समयमै फेरि फर्केर आउने गरेको पाइएको छ । वास्तवमा हिन्दु धर्म मान्नेहरुले बाँदरलाई भगवान् हनुमानका रुप मान्ने हुनाले  तिनलाई खुवाउने गरेका छन् । यस्तोमा बाँदरहरु मानिससँग डराउन छाड्ने हुँदा तिनलाई धपाउन झन कठिन बन्दै गएको बताइएको छ । 

Agni Group

यसरी बाँदरको जनसङ्ख्या बढ्दै जानुले तिनीहरु र मानिसबीचको झडप पनि उत्तिकै बढाइरहेको छ । गत नोभेम्बरमा मात्र एउटा १२ दिने शिशुको बाँदरको टोकाइकै कारण मृत्यु भएको थियो । त्यस्तै अक्टोबरमा पनि एक ७५ वर्षीय वृद्धले बाँदरको आक्रमणकै कारण ज्यान गुमाएका थिए ।

त्यसैगरी २००७ मा बाँदरको एउटा समूहले दिल्लीको मेयरलाई बार्दलीबाट धकेल्दा उनको मृत्यु भएको घटना पनि अझै धेरैले भुल्न सकेका छैनन् । यसरी २०१५ मा पनि प्रधानमन्त्री मोदीको गंगा नदि किनारमा वाइफाइ जडान गर्ने योजना बाँदरहरुकै कारण विफल भएको थियो । यस्तोमा सरकारी निकायहरुले तिनलाई नजिस्काउन र सिधा आँखा नजुधाउन सबैसँग आग्रह गर्ने गरेको छ ।   –सिजिटिएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC