site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भगवान्
Sarbottam CementSarbottam Cement

एकदेव अधिकारी


“अधिसूचना— प्रतीक्षा कक्षमा कोही मानिस हजुरलाई भेट्न आएको छ,” स्वचालित अधिसूचक यन्त्रबाट आवाज आयो ।

“१० मिनेट प्रतीक्षा गर्न भन्नू,” माउथपिसमा ध्वनि आदेश अङ्कित गर्दै ऊ आफूले भर्खरै तयार पारेको कार्ययोजनाको पुनरवलोकन गर्न थाल्यो । कम्प्युटर स्क्रिनमा उसका आगामी कार्ययोजना एकएक गरी देखा पर्न थाले— 
विसं २५७० माघ १ – चन्द्र धरातलका लागि प्रस्थान ।

Prabhu Bank
Agni Group
NIC Asia

विसं २५७० माघ ७ – चन्द्र धरातलमा अवतरण ।

विसं २५७० माघ ८ – चन्द्रसाम्राज्यका महामहिमसँग चन्द्र धरातलमा अवस्थित मानव बस्तीको प्रथम शताब्दीको विकासक्रमको पुनरवलोकन ।

Global Ime bank

विसं २५७० माघ ९ — चन्द्रसाम्राज्यका वैज्ञानिकहरुको विशिष्ट भेला तथा अन्तक्र्रियामा सम्बोधन तथा कार्यपत्र प्रस्तुत ।

विसं २५७० माघ १० – मङ्गल ग्रहका लागि चन्द्र धरातलबाट प्रस्थान ।

विसं २५७० माघ २६ – मङ्गल ग्रहमा अवतरण ।

विसं २५७० माघ २८ – मङ्गल ग्रहमा निर्मित कृत्रिम वातावरणीय कक्षको वर्तमान अवस्थाको अवलोकन ।

विसं २५७० माघ २९ — मङ्गल ग्रहका प्रशासकीय टोलीसँग त्यहाँको शासन व्यवस्थाबारे अन्तक्र्रिया कार्यक्रम । 

विसं २५७० माघ ३० – मङ्गल ग्रहमा वैज्ञानिक टोलीसँग त्यहाँको भावी वैज्ञानिक अनुसन्धान तथा कृषि प्रणालीको स्वरुपबारे अन्तक्र्रिया कार्यक्रम 

विसं २५७० फागुन १ – चन्द्र धरातलका लागि मङ्गल ग्रहबाट प्रस्थान । 

विसं २५७० फागुन १७ – चन्द्र धरातलबाट पृथ्वीका लागि फिर्ता ।

विसं २५७० फागुन २३ – पृथ्वीमा अवतरण ।

विसं २५७० फागुन ३० — राष्ट्रिय वैज्ञानिक अन्वेषण तथा अनुसन्धान केन्द्रमा भ्रमणको प्रतिवेदन प्रस्तुत ।

राष्ट्रिय वैज्ञानिक अन्वेषण तथा अनुसन्धान केन्द्रको उसको व्यक्तिगत कक्षको ढोकाबाट निक्लिँदै गर्दा डा. पवन अर्याल आफ्नो अगाडि कपडाको नाममा एउटा जनावरको छाला र गलामा सर्पको माला मात्र लगाएको मरन्च्याँसे मानिस र उसको वेशभूषा देखेर अचम्ममा पर्‍यो । 

आजको विज्ञानको युगले गरेको प्रगति अनि उसको वेशभूषा ! कुनै पर्व विशेषमा मानिसहरुले अनौठो खालको वेशभूषा प्रयोग गरेको उसले धेरै पटक देखेको थियो । सोच्यो— आज कुनै पर्व विशेष थियो कि ? त्यसो भए पनि थाहा हुनुपर्ने । तैपनि परीक्षण गर्न उसले आफ्नो नाडीमा भएको अत्याधुनिक यन्त्रतर्फ हेर्दै पात्रो हेर्न ध्वनि आदेश दियो । पात्रोमा आजको दिन कुनै पर्व नभएको देखेर अचम्म मान्दै आफ्नो अगाडिको मरन्च्याँसेलाई भन्यो, “कृपया आफ्नो परिचय दिनुहोस् ।”
“वत्स, म तिम्रा पूर्वजहरुद्वारा पुजिने गरेको र आजको यो वर्तमान युगमा सबैबाट त्यागिएको भगवान् शिव हुँ ।”

यो कुराप्रति उसलाई पटक्क विश्वास लागेन । विस्मित हुँदै उसले मरन्च्याँसेलाई हेर्न थाल्यो । सोच्यो, सायद विश्व इतिहासको भगवान्सम्बन्धी अध्ययन–अनुसन्धान गर्दागर्दै पागल भएर आफूलाई भगवान् ठान्न खोजेको पो हो कि ? मरन्च्याँसेले सायद उसको हाउभाउ बुझेछ क्यारे, उसैलाई हेर्दै भन्न थाल्यो, “वत्स ! तिमीलाई ममाथि विश्वास नलागे जस्तो छ । मेरै गल्ती थियो, हजारौं वर्ष अगाडिदेखि पठित र वर्णित मेरो पौराणिक रुप र वेशभूषा नै मेरो परिचायक बन्ला भन्ने सोचेर यो रुपमा आएँ । ठीक छ, अब तिमी कल्पना गर मेरो रुप र वेशभूषा कस्तो हुनुपथ्र्यो ।” एकछिन आगन्तुक रोकियो, सायद उसलाई सोच्ने समय दिँदै थियो ।

साँच्चै यसबारे उसले पहिले केही सोचेकै थिएन । नजाने गाउँको बाटो नसोध्नु भनेझैं एक अनन्त ब्रह्माण्डको विशाल साम्राज्यको प्रमुख वैज्ञानिकको छवि बनाएको उसको चरित्रलाई भगवान्बारे सोच्ने र उसको रुप कस्तो हुन्थ्यो होला भन्ने सोच्ने फुर्सदै कहाँ थियो र ? ऊ त पेसाले नै एक नास्तिक बन्नुपथ्र्यो । आखिर ऊ नास्तिक थियो पनि । अहिले पनि उसलाई अन्तरिक्षमा फैलिएको साम्राज्यहरुको अवलोकन भ्रमणमा हिँड्ने तयारी गर्दैगर्दा उसको अगाडि झुल्किएको यो व्यक्तिबारे सोचेर आफ्नो समय बर्बाद गर्न चाहँदैनथ्यो । अझ उसको एक मनले आगन्तुकलाई कुनै एक मूर्ख या पागल नै सोचिरहेको थियो । 

“वत्स खोइ त तिमीले मेरो रुपको अनुमान गर्ने प्रयास नै गरेनौ त !” मरन्च्याँसेले प्रश्न तेस्र्यायो ।

अचानक आएको यो प्रश्नले उसको मथिङ्गल नराम्रोसँग हल्लियो, “यो मरन्च्याँसेलाई मैले यसको रुपबारे नसोचेको कुरो कसरी थाहा भयो ?” विस्मित हुँदै उसले ऊ भएतिर हेर्न थाल्यो । अचानक अर्को अचम्म उसको अगाडि देखा पर्न थाल्यो । उसको रुप र वेशभूषा निमेषभरमै परिवर्तन भइरहेको थियो । यति छिटो त उसको अगाडि अत्याधुनिक प्रविधिबाट निर्मित होलोग्राम आकृति पनि फेरिँदैन । कहिले ऊ मरन्च्याँसेलाई एकीकृत ब्रह्माण्डको वर्तमान महामहिमका रुपमा देख्थ्यो, कहिले आदिम मानवको रुप देख्थ्यो, कहिले उसकै पुर्खा त कहिले उसको आफ्नो पिताको आकृति । ढोकाको छेवैमा भएको स्वचालित क्यामेरालाई दृश्य कैद गर्ने आदेश दियो र नाडीमा बाँधेको घडीको बटन घुमायो । नाडीको घडीबाट निस्किएको होलोग्राममा पनि त्यो फेरिइरहेको रुप प्रस्ट देख्न सक्थ्यो— उसलाई पक्का भयो, यो दृष्टिभ्रम, मिथ्याभास तथा विभ्रम केही थिएन । यो यात्राको पूर्वतयारी गर्दा नै उसको मानसिक अवस्थितिको सम्पूर्ण प्रतिवेदन सामान्य भएको ऊ आफैंले जाँच गरेको थियो । 

“सिजो—फ्रेनियाबारे सोच्दै छौ, होइन ? तिमी सम्पूर्ण शारीरिक तथा मानसिक रुपमा पूर्ण स्वस्थ छौ,” मरन्च्याँसे उसले आफ्नो आदर्श मान्दै आएको दोस्रो सहस्राब्दीका इन्जिनियर, खगोलविद् तथा वैज्ञानिक ग्यालिलियो ग्यालिलीका रुपमा स्थिर भएको थियो । उसले सोचेको हरेक कुरा फटाफट भनिरहँदा पनि कसरी अविश्वास गरोस् । अब उसलाई ठूलो धर्मसङ्कट परेको उसले आभास ग¥यो— जे सोच्यो त्यो उसलाई पनि थाहा हुन्छ । पूर्ण समर्पणको भावमा उसले ‘ग्यालिलियो ग्यालिली’लाई अगाडिको सोफातिर बस्ने सङ्केत गर्दै आफू पनि सोफा भएतिर लम्कियो ।

“भन्नुहोस् म यहाँको कसरी सेवा गर्न सक्छु ?” पूर्ण समर्पणको भाव अब उसमा देखिँदै थियो ।

“तिम्रो अहिलेको युगले विज्ञानमा यति धेरै प्रगति गरिसकेको छ कि, तिमी मानवहरुले चन्द्रमामा सम्पूर्ण मानव बस्ती बसालेको एक शताब्दी पुगिसकेको छ । अनि मङ्गल ग्रहमा पनि अबको केही वर्षमै कृत्रिम वातावरणीय कक्षलाई प्राकृतिक रुपमा स्थापित गर्ने योजना सफल हुनेवाला छ । त्यसपछि मङ्गल ग्रहमा पनि सम्पूर्ण मानव बस्ती सुरू हुनेछ । अब बिस्तारै यो क्रम अवश्य पनि अरु ग्रहमा समेत बढ्दै जानेछ... ।”

“वास्तविक कुरोमा आउनुहोस्,” ग्यालिलियोलाई रोक्दै उसले भन्यो, “यो त सबैले थाहा पाएकै कुरो हो ।”

“धैर्य गर वत्स ! मलाई थाहा छ, तिम्रा लागि तिम्रो समय अमूल्य छ । तर मेरो कुरा विज्ञानको विकाससँग नै जोडिएको छ । अँ त म भन्दै थिएँ, विज्ञानको विकास द्रुत रुपमा बढ्दै जाँदै छ, त्यो मानव जातिका लागि गर्वको विषय हो । निर्माण प्रक्रियामा शून्यबाट विविध सङ्कल्पनाहरुको समिश्रणबाट त्यसको संरचना बन्दछ । त्यो पूर्ण संरचना जैविक र भौतिक हुन्छ । जैविक संरचनाको निर्माण बीजवाहक र बीजधारकको समागमबाट बीज विकास प्रक्रिया प्रारम्भ हुन्छ अनि उक्त जैविक संरचना पूर्ण बन्दछ, त्यसरी नै भौतिक संरचना निर्माणमा पनि दुई सङ्कल्पनाहरुको मुख्य हात हुन्छ ।”

ग्यालिलियो केही बेर रोकिए— सायद उसलाई भर्खरै उल्लेख गरिएको सैद्धान्तिक तथ्यहरु मनन गर्ने समय दिन चाहन्थे । उसको मुखबाट अनायास निस्कियो, “कुनकुन दुई सङ्कल्पनाहरु ?” उसले यो प्रश्न सोध्दै गर्दा ग्यालिलियोको रूप परिवर्तन हुँदै थियो । नयाँ आकृति अचम्मको थियो । न त त्यसमा कुनै आकार थियो न त कुनै रङ्ग नै, त्यो देखिन्थ्यो पनि र अदृश्य पनि थियो, सुन्दर पनि थियो अनि कुरूप पनि, अनुभूति शून्य थियो र साथै ऊ आफ्नो अगाडि त्यसको उपस्थिति अनुभूत गर्न सक्थ्यो । त्यो साँच्चै नै निराकार थियो, रङ्गहीन थियो, दृश्यहीन थियो, अनुभूतिहीन थियो । सायद यसकारण कि, ऊ भगवान् थियो ।

“ती दुई सङ्कल्पना हुन् तङ्खव र भाव— तङ्खव स्थूल हुन्छ, त्यसको आकार हुन्छ, रुप हुन्छ, रङ हुन्छ, अनुभूतिजन्य हुन्छ भने भाव निराकार हुन्छ, शून्यमा समाहित हुन्छ । दुवै तङ्खव र भाव एकअर्काका परिपूरक हुन्छन् । दुवैको समिश्रणबिना कुनै पनि भौतिक संरचनाको निर्माण अधुरो वा अपूरो हुन्छ । तिम्रो विज्ञानको विकासमा मात्र तङ्खवको विकासलाई प्राथमिकता दिइरहेका छौ । तिमीलाई त थाहै छ, कुनै पनि वैज्ञानिक उपलब्धि तथा सफलता हजारौं असफलताका आधारमा टिकेको हुन्छ । कुनै पनि वैज्ञानिक धारणा निर्माण गर्ने क्रममा कति पटक असफल परीक्षणहरु गर्नुपर्छ । ती असफल परीक्षणहरुमा यो पक्कै देखेका छौ, एक सानो महङ्खवहीन लाग्ने त्रुटिले पूरै परीक्षण प्रक्रिया दोहोर्‍याउनुपर्ने हुन्छ । त्यस्तै कुनै एक मात्र आधारमा टिकेर तयार भएका संरचना अपुरो हुन्छन् । त्यसैले यो विकासक्रममा जुनसुकै संरचना तयार गर्दा होस्, त्यसका लागि आवश्यक सङ्कल्पनाहरुमा ध्यान पु¥याउनुपर्ने हुन्छ... ।”

“यसको मतलब जुन द्रुत गतिमा अहिले वैज्ञानिक सफलता प्राप्त हुँदै गएका छन्, के त्यो मात्र संयोग हो त ? तपाईंले भनेअनुसार अहिले निर्मित संरचना सबै अपूर्ण नै होलान् कि कसो ?” उसले व्यङ्ग्यात्मक भावमा भन्दै गयो, “तपाईंले भनेझैं कुनै पनि संरचनामा भावको उपस्थितिको कुनै परीक्षण अहिलेसम्म गरेको मलाई त थाहा छैन ।”

“भाव अनुभूतिहीन हुने हुनाले कुनै किसिमको परीक्षणबाट यसको उपस्थितिबोध गर्न सकिँदैन । तङ्खव र भाव दुवै भएको संरचना मात्र यो विश्व ब्रह्माण्डमा दिगो हुन्छ । र त्यो संरचना मात्र अनन्तकालसम्म स्थिर रहन्छ । तिम्रो वैज्ञानिक तङ्खवगत चक्षुले यसको सम्भावनालाई नकार्न सक्छ । तर यसको मतलब यो होइन कि यसको अस्तित्व नै हुँदैन ।”

“यो सबै सैद्धान्तिक कुरा भयो— के यसको व्यावहारिकता सम्भव छ ?”

“व्यवहारमा नआउने सिद्धान्त आफैं लोप भएर जान्छ । यदि यसको व्यवहारिकता सम्भव नभएको भए अहिले यसको कुरा उठ्ने नै थिएन । विश्व इतिहासकै कुरा गरौं, वैज्ञानिक सफलता अधिकतम अवस्थामा वरदान सावित भए पनि कतिपय अवस्थामा यो अभिशाप भएको कुरा ध्रुवसत्य हो । दोस्रो सहस्राब्दीमा जापानमा भएको भएको विनाश, नयाँ थपिँदै गएका असाध्य रोगव्याधि के यी सबैमा सोचनीय केही छैन ? मानिस आफू सर्वश्रेष्ठ बन्ने होडमा प्रकृति र प्राकृतिक संरचनाहरुमाथि दोहन गर्दै जाँदै छ— के यो प्रकृतिमाथिको अत्याचार होइन ? यसरी भावशून्य रुपमा प्रकृतिको दोहन गर्दै जानुका कारण पृथ्वीमा दुर्घटना भएका छैनन् र ? अहिले पृथ्वीको यो रुप जुन तिमी अहिले देख्दै छौ, के सधैं यस्तै थियो ? कल्पना गर यो स्वरुप अबको केही सहस्राब्दीपछि कस्तो हुन्छ होला ?”

डा. पवन सोचमग्न भयो । यो प्रश्नले उसलाई धेरै पटक हल्लाएको थियो, धेरै पटक सोच्नुपर्ने बनाएको थियो । यो कुरो सत्य थियो कि, अहिलेको वैज्ञानिक समृद्धि र उन्नतिमा यो पृथ्वीको रुप पछिल्लो केही शताब्दीमा पूरै फेरिएको थियो । उसले इतिहासको कक्षामा दोस्रो सहस्राब्दीको पृथ्वीको चित्र देखेको थियो । एकतिहाइ जमिनको भाग अन्तरिक्षको स्याटेलाइट क्यामेराको दृष्टिबिन्दुमा हरियो देखिन्थ्यो । त्यो अहिलेका मानिसहरुका लागि आश्चर्यको विषय बनेको थियो । अहिलेको पृथ्वीमा हरितगृह प्रभाव उच्चतम बिन्दुमा पुगेको थियो । समुद्री सतह बढेर पहिलेको एकतिहाइ जमिनको भाग अहिले एकदशांशमा पुगेको थियो । त्यही जमिन पनि औद्योगिकीकरणको प्रदूषण, आणविक विकिरण र सहरीकरणको चपेटामा परेको थियो । कृत्रिम खाद्यवस्तुहरुको प्रयोगले मानिसलाई काम गर्ने शक्ति त प्रदान गर्दथ्यो । तर उनीहरुको भोक मेटिँदैनथ्यो । 

हुन त केही सकारात्मकता पनि यो विकासले बोकेको थियो । चन्द्र धरातल मानवीय बसोवासका लागि योग्य बनाइसकिएको थियो । चन्द्र धरातलमा ५० प्रतिशत भूभाग पानी र बाँकी ५० प्रतिशत जमिनका रुपमा विकसित गरिएको थियो । कृषि प्रणाली कि त इतिहासमा सीमित भएको थियो कि भने चन्द्र धरातलमा बनाइएको खेतीयोग्य जमिनमा चन्द्रवासीहरुद्वारा केही मात्रामा भए पनि जोगाइराखिएको थियो । यसै समस्याको न्यूनीकरणका लागि मङ्गल ग्रहसम्म मानवीय पहुँच पुगेको थियो । मङ्गल ग्रहमा पनि कृत्रिम वातावरणको सफल परीक्षण गरिसकिएको थियो । र चाँडै नै त्यहाँको शासकीय संरचना र मानव बस्तीको व्यवस्थापन गरिँदै थियो । यसले पृथ्वी तथा चन्द्रमामा बढ्दै गएको जनसङ्ख्याको चाप र कृषि उत्पादनको अभावसम्बन्धी समस्या समाधानलाई मूर्त रुप दिन सक्थ्यो ।

यसरी नै सोचमग्न उसले आगन्तुकतर्फ नजर डोर्‍यायो । आगन्तुक आफ्नो उही निराकार रुपमा थियो । सायद डा. पवनको दिमागमा चलिरहेको उथलपुथलसँग ज्ञात थियो अनि यो उसैले चाहेअनुरुप चल्दै भएकाले चुप थियो । उसले केही बेर गम्दै आगन्तुकलाई भन्यो, “हजुरको कुरा जायज छ । म यसबारे के गर्न सक्छु ?”

“तिमीलाई त थाहै छ, अहिलेको समाज पूरै नास्तिक बनेको छ । त्यसैले ऊ अरुको भावनाको कदरभन्दा आफ्नो स्वार्थको पछाडि दौडिरहेको छ । यो दौडमा मानिस एक यन्त्र बनेको छ, जसमा भावको मात्रा शून्य मात्र छ ।”

“तपाईं आफैं भन्दै हुनुहुन्छ भाव भनेको अनुभूतिहीन हुन्छ, शून्यमा समाहित हुन्छ— अनि के यसलाई अहिलेका मानिसहरुमा कुनै यन्त्रमा पुर्जा थपेजस्तै गरेर थप्न सम्भव होला र ?”

“तर यसको अस्तित्वबारे अहिलेसम्म बहस चलिरहनु नै यसको सम्भावनाको परिचायक होइन र ? अब उदाहरणका लागि यदि मानवहरुले तेस्रो सहस्राब्दीको सुरुको समयमा चलिरहेको जलवायु परिवर्तनको मुद्दाबारे सोचमग्न भएर, वातावरणको संरक्षण तथा संवद्र्धनमा लागिपरेको भए हरितगृहको प्रभाव यति चर्को हुने थिएन होला । वन विनाश तीव्र नभएको भए हरित गृहको प्रभाव कम हुन्थ्यो होला । समुद्रले कति टापुहरु निल्यो ती बच्ने थिए कि ? यो सबै मानवले भावहीन भएर मात्र तङ्खवगत विकासमा जोड दिएको कारणले होइन र ? उनीहरुले यो पृथ्वी तथा प्रकृतिको भविष्यबारे भावपूर्ण रुपमा सोचेको भए के यो विनाशलाई निस्तेज गर्न सकिने थिएन र ?”

डा. पवनले पराजय महसुस गर्‍यो । अब ऊ ज्ञानी बालकका रुपमा कुरा सुन्न थालेको थियो ।

“वत्स ! मैले तिमीसँग एउटा अपेक्षा राखेको छु । मङ्गल ग्रहका शासकहरुलाई पौराणिक कालको हिन्दू धर्मका वेद तथा पुराणहरुको अनुसन्धानात्मक अध्ययन गर्नुपर्ने अनिवार्य सर्त राखिदेऊ । ती शास्त्रहरुको अध्ययन–अनुसन्धानले अब आउने सम्पूर्ण पुस्ताको प्रत्येक संशयलाई दूर गर्नेछ । र चन्द्र धरातल तथा मङ्गलका वैज्ञानिक टोलीहरुलाई पनि कुनै पनि भौतिक संरचनाहरुमा निहित भावपक्षको अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्ने एक कार्यपत्र प्रस्तुत गर । पक्कै यसले पूरै ब्रह्माण्डको हित गर्नेछ ।” 

यसो भन्दै त्यो निराकार स्वरुप बिस्तारै ढोकातिर चलायमान भएको उसलाई अनुभूत भयो ।

“ठीक छ, म यसबारे सोच्छु र केही विश्वस्त मित्रहरु तथा वैज्ञानिकहरुसँग यसबारे विमर्श गर्नेछु । मलाई पक्का विश्वास छ, यो कुरामा सकारात्मक प्रतिक्रिया आउनेछ ।” यति भन्दै डा. पवन आफ्नो व्यक्तिगत कक्षतर्फ लागे ।

“तिम्रो लगायत सम्पूर्ण ब्रह्माण्डको कल्याण होस्, वत्स !” ढोकाबाट उसको चिरपरिचित आवाज आयो ।

कुतूहलपूर्वक डा. पवनले ढोकातर्फ नजर घुमायो । ढोकाबाट बाहिर निस्कँदै गरेको उसको आफ्नै अनुहार उसलाई हेर्दै मुस्कुराइरहेथ्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC