site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सत्तारुढ दलका नेताहरूको सर्वसत्तावादी हुँकार कार्यकर्तासम्म पुग्दा कति विषाक्त र असहिष्णु बन्छ भन्ने पछिल्लो उदाहरण बाँकेको घटना हो । बाँके जिल्लामा नेपाली कांग्रेसको कार्यक्रमस्थलमै पार्टी सभापतिलगायत केही कार्यकर्तामाथि गत बिहीवार सांघातिक आक्रमण भयो । आक्रमणमा सत्तारुढ दलका स्थानीय कार्यकर्ता संलग्न रहेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसका अनुसार घटनास्थलमा उपस्थित सुरक्षाकर्मी सांघातिक आक्रमण हुँदा पनि तमासा हेरेर बसे । गृहमन्त्रीले संसद्मा घटनामा संलग्न केही व्यक्ति समातिएको र कारबाही हुने बताए पनि कांग्रेस आश्वस्त भएको देखिएन । नेपाली कांग्रेसले घटनाको विरोधमा कार्यक्रम सुरु गरिसकेको छ । पार्टीका प्रवक्ताले दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिएका छन् । अर्थात्, कांग्रेसले आक्रमणको यस घटनालाई निकै गम्भीरतापूर्वक लिएको छ । 

बाँके कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले गरेको सांघातिक आक्रमण टोले गुन्डाको ‘ग्याङ फाइट’जस्तो पक्कै हैन । कांग्रेसको कार्यक्रममा एक्कासी नियोजित आक्रमण भएको देखिन्छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित  खजुरा गाउँपालिका–१ का अध्यक्षकै निर्देशनमा केही स्थानीय कार्यकर्ताले कार्यक्रम हुँदाहुँदै आक्रमण गरेका रहेछन् । आक्रमणकारीहरूले ‘‘यो हाम्रो क्षेत्र हो, यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’’ भनेको कांग्रेसका प्रमुख सचेतकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । सत्तारुढ दलका स्थानीय नेताले यसरी कुनै स्थानमा कार्यक्रम गर्न विपक्षी दललाई निषेध गरेको हो भने यो आपत्तिको विषय यही हो । यसैगरी अर्को पार्टीको कार्यक्रममा आक्रमण गर्ने अर्घेल्याइँ गरेको देख्दा पनि सुरक्षाकर्मीले तमासा हेरेर बस्नु अर्को गम्भीर आपत्तिको विषय हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट बाँके आक्रमणका सम्बन्धमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसले घटनाप्रति पार्टीका नेताहरूको ‘मौन सम्मति’ रहेको सन्देह बढाएको छ । अर्को पार्टीको कार्यक्रमस्थलमा गएर आक्रमण गर्ने उपद्रवकारीलाई बल प्रयोग गरेर पनि रोक्नुको साटो प्रहरी तमासा हेरेर बसेकाले पनि सत्तारुढ दलको उपल्लैतहका नेताहरूको निर्देशनमा घटना भएको सन्देह हुन्छ । केही साता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य प्रणालीमाथि आक्रमण’ भइरहेको भन्दै ‘संविधान निर्माता शक्ति’बीच समझदारी हुनुपर्ने धारणा राखेका थिए । यथार्थमा शासन व्यवस्थामाथि खतरा यस्तै घटनाबाट हुने हो । पञ्चायतकालमा सरकारको संरक्षणमा मण्डलेहरू यसरी नै विपक्षी राजनीतिलाई निषेध गर्न भौतिक आक्रमणमा उत्रन्थे । यस्ता घटनाप्रति सत्तारुढ पार्टीका नेता मौन रहँदा मण्डले सर्वसत्तावाद दोहोरिन थालेको झल्को लाग्छ । 

सैद्धान्तिकरूपमा त कम्युनिस्टहरू पनि निषेधको राजनीतिमा विश्वास गर्ने जत्था हो ।  यसैले नेकपा (नेकपा)का नेताहरूलाई बल पुगेका ठाउँमा विपक्षीलाई भौतिक आक्रमण गरेर पनि दबाउनु अनुचित नलाग्न सक्छ । तर, लोकतन्त्रमा विश्वास गर्नेहरूका लागि यो असह्य प्रवृत्ति हो । सरकारले आक्रमणकारीमाथि कानुनअनुसार कारबाही गर्नुपर्छ र बाँके प्रहरीको व्यवहारको निष्पक्ष छानबिन गरी दोषीलाई सजाय दिनुपर्छ । साथै सत्तारुढ दलले घटनाको नैतिक जिम्मेवारी लिएर माफी माग्ने र हुल्याहा कार्यकर्तालाई कारबाही गर्ने गरेर निषेधको राजनीतिमा विश्वास नभएको प्रमाणित गर्नुपर्छ । कांग्रेसले आरोप लगाएजस्तै विपक्षी विचारको दमन गर्ने नियोजित प्रयास हो भने कम्युनिस्ट सर्वसत्तावादविरुद्ध नागरिकहरू पनि सडकमा जानुपर्ने हुनसक्छ । सत्ताधारीहरूले अब पुराना कम्युनिस्ट नेताहरू स्टालिन वा माओत्से तुङको मात्र हैन नेपालमा ह्युगो चावेजको शैली पनि अनुकरण गर्न सकिँदैन भन्ने हेक्का राख्नु बेस हुनेछ । अरू राजनीतिक दल र व्यक्तिले पनि यस्ता घटनामा नबोल्दा काल पल्काएजस्तो हुनसक्छ । चेतना हाेस् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC