site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्नाटाको लय
Ghorahi CementGhorahi Cement

सन्नाटाको लय
(कविता: नरेन्द्रकुमार नगरकोटी)
कविता लेखनमा रमाउने कवि नरेन्द्रकुमार नगरकोटीको पहिलो कवितासङ्ग्रह ‘सन्नाटाको लय’ प्रकाशनमा आएको छ । त्यसो त उनका कवितामात्रै हैन, बाल साहित्य र निबन्धमा पनि कलम चल्छ । तथापि, कवितामा उनको पकड रहेको प्रकाशित कविताहरूबाट प्रष्ट हुन्छ । 

उनको कवितामा समसायिकताको रङ्ग भरिएको छ । अहिलेको समय, समाज, राजनीति र स्वर नगरकोटीको कवितामा छताछुल्ल भएर पोखिएको छ । ‘सन्नाटाको लय’मा २८ वटा लामा–छोटा कविता समावेश छन् । 

शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको ८२ पृष्ठको यस कवितासङ्ग्रहको मूल्य १९९ रुपैयाँ राखिएको छ ।

Agni Group

नीला गोलाद्र्ध 
(नियात्रा: चन्द्रप्रसाद भट्टराई)
विशेषगरी नियात्रा विधामा कलम चलाउने कलमजीवी हुन् चन्द्रप्रसाद भट्टराई । उनको नयाँ नियात्रासङ्ग्रह ‘नीला गोलाद्र्ध’ हालै प्रकाशित भएको छ ।

भट्टराईले यसअघि पनि दुई नियात्रा पुस्तक प्रकाशित गरिसकेका छन् । उनको ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’ र ‘अनौठो मुलुक अनौठा अनुभूति’ यसअघि नै प्रकाशित भएका कृति हुन् ।

Global Ime bank

यसपटक बजारमा आएको उनको नियात्रा कृति ‘नीला गोलाद्र्ध’मा भट्टराईले ११ वटा नियात्रा सङ्गृहित गरेका छन् । त्यसमध्ये सबैजसो नियात्रा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेको पनि उनले उल्लेख गरेका छन् । 

उत्कृष्ट प्रकाशन प्रा.लि. ज्ञानेश्वरले प्रकाशनमा ल्याएको १६० पृष्ठको यस नियात्रासङ्ग्रहको मूल्य ३०० रुपैयाँ राखिएको छ । 


सहभागीमूलक विकास–बहस
(लेख रचना: डा. भोलाप्रसाद दाहाल)
डा. भोलाप्रसाद दाहालको सक्रियता नेपाल सहभागीमूलक कार्य समूह (नेपान)मा पनि रहेको थियो । सहभागीमूलक विकास कार्यमा लामो समयदेखि क्रियाशील डा. दाहालले विकास अनुभवलाई कलमबद्ध गर्दै आएका थिए । 

डा. दाहालले लेखेका विकास र सहभागीमूलक लेखहरूको सँगालो हो, ‘सहभागीमूलक विकास–बहस’ । यस पुस्तकमा उनले लेखेका नेपाली र अङ्ग्रेजीका लेखहरू समाविष्ट गरिएको छ । 

विकास विषयका विज्ञ डा. दाहालको निधनपछि उनका विषयमा विभिन्न लेखक तथा उनका सहकर्मीहरूले लेखेका शब्दपुष्प पनि यस पुस्तकमा समावेश गरिएको छ । 

पुस्तक प्रकाशकका तर्फबाट नेपानका तत्कालीन अध्यक्ष चेतनाथ कँणेलले डा. दाहालका यी लेखहरूले सबैलाई ऊर्जा दिने उल्लेख गरेका छन् । 

नेपाल सहभागीमूलक कार्य समूहद्वारा प्रकाशित १८० पृष्ठको यस पुस्तकको मूल्य १५० रुपैयाँ राखिएको छ । पुस्तक बिक्रबिाट आउने रकम स्व. डा. भोलाप्रसाद दाहाल स्मृति कोषमा अभिवृद्धि स्वरुप राखिने उल्लेख छ ।


नलेखिएका कथा 
(कथा: विश्वराज अधिकारी )
कथा, लघुकथा, कवितासँगै समसामयिक विषयमा कलम चलाउने लेखक हुन् विश्वराज अधिकारी । उनले लेखेका कथाहरूको सङ्ग्रह हो ‘नलेखिएका कथा’ । 

यसअघि उनले लघुकथासङ्ग्रह ‘सूर्य’, ‘अभिनय’, कथासङ्ग्रह ‘बहलिया’, ‘मधुर मिलन’, ‘मिसिसीपीको किनार’, ‘रानीघाट’लगायत दर्जनौं पुस्तक प्रकाशित गरिसकेका छन् । उनका केही रचना अङ्ग्रेजीमा पनि प्रकाशन भएका छन् ।

अहिले अमेरिका बस्दै आएका अधिकारीको यस कथासङ्ग्रहमा जम्मा १३ वटा कथा समावेश गरिएको छ । 

समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको सय पृष्ठको यस पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।


मुहानदेखि दोभानसम्म
(कविता: काशीराज आचार्य)
काशीराज आचार्य पारिवारिक रुपमा काव्यचेतसँग गाँसिएका भए पनि उनको लामो समय सरकारी सेवामा बित्यो । सरकारी जागिरका सिलसिलामा स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका आचार्यले आफूलाई समयले झक्झकाएपछि कविता लेख्न थालेका हुन् ।  

काशीराजले जब देश–विदेशमा बगेको समुद्रमा नेपालको हिउँ पग्लिएको पानी पनि यसमा मिसिएको अनुभूत गरे, त्यसपछि ती समुद्री पानीलाई छुँदै मुलुक सम्झिए र कविता लेख्न थाले । यसरी नै उनले ‘मुहानदेखि दोभानसम्म’ कवितासङ्ग्रह तयार पारे ।

यस सङ्ग्रहमा कवि आचार्यले ७५ वटा कविता समावेश गरेका छन् । जसमा राष्ट्र र राष्ट्रप्रेम छ, समाज छ, माटो छ, माटोको सुगन्ध छ, नेपाली जीवन छ, लोक संस्कृति र अध्यात्म पनि छ । अर्थात् विविध स्वादका कविता यसमा समावेश छ ।
जयन्ती आचार्यद्वारा प्रकाशित १५० पृष्ठको यस काव्यकृतिको मूल्य ३०० रुपैयाँ राखिएको छ ।


नेपालमा उदारवाद: प्रयोग र परिणाम
(लेखक: भानुप्रसाद आचार्य)
भानुप्रसाद आचार्य नेपाली प्रशासनिक क्षेत्रमा परिचित नाम हो । नेपाल सरकारका पूर्वसचिव आचार्य लामो समय महालेखा परीक्षकका रुपमा कार्यरत् थिए । उनको प्रशासनिक अनुभवले प्रशासनिक क्षेत्रमा क्रियाशील धेरैलाई फाइदा पुग्ने निश्चित छ ।

अर्थ प्रशासनका क्षेत्रमा अनुभव बटुलेका आचार्यले आफ्नो पुस्तक ‘नेपालमा उदारवाद: प्रयोग र परिणाम’मा आर्थिक क्षेत्र तथा प्रशासनिक क्षेत्रका विभिन्न आयामहरूलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरेका छन् । उनले ३४ वर्ष सार्वजनिक सेवामा बिताए । सोही सेवामा रहँदा गरिएका अध्ययन र अनुभवलाई उनले यस पुस्तकमा प्रस्तुत गरेका छन् ।

आचार्यको यस पुस्तकमा आठ खण्ड रहेको छ । ती आठ खण्डमा अर्थराजनीतिको सैद्धान्तिक पृष्ठभूमि र नेपालको परिवेश, आर्थिक उदारीकरण तथा उद्योग–व्यापार क्षेत्र, सार्वजनिक वित्त व्यवस्थापन र अर्थ–प्रशासन, वैदेशिक सहयोगको अर्थ राजनीति, सार्वजनिक वित्तीय जवाफदेहिता, महालेखा परीक्षक, नेपालको कर्मचारीतन्त्र र अबको गन्तव्य शीर्षक छन् । 

साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको ४९० पृष्ठको यस पुस्तकको मूल्य ५९५ रुपैयाँ राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC