site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आजबाट सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरु भएको छ । ६ दशकको चलचित्रको इतिहासमा पहिलो पटक कन्फरेन्स आयोजना भएको हो ।

कार्यक्रम चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको छ । पहिलो दिन आज हरि शर्माले ‘समाजशास्त्रीय दृष्टिमा चलचित्र’ विषयमा प्रवचन दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि ‘सिनेमा हेराइको शुरुवाती नेपाली अनुभव’, ‘नेपाली सिनेमामा लैङ्गिक प्रस्तुतिकरण’ र ‘नेपाली चलचित्रको राष्ट्रवादको बारेमा अनुभव’मा कार्यपत्र प्रस्तुत गरिएको थियो । अन्तिममा ‘नेपाली चलचित्रमा विविधताको खोजी’ विषयमा प्यानल छलफल गरिएको छ  ।

तीन दिन चल्ने कन्फरेन्समा चलचित्र निर्माण, विभिन्न विषयको चित्रण र प्रभावबारे कार्यपत्र प्रस्तुत, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका समसामयिक विषयमा प्यानल छलफल लगायतका कार्यक्रमहरु रहने छन् ।
‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना भएको हो । सहआयोजकका रुपमा नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ, अस्कर इन्टरनेशनल कलेज आदि रहेका छन् ।

Global Ime bank

नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा पहिलो पटक नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमश गरिएको आयोजकको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC