site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पानी भएको अर्को ग्रह पनि भेटियो, तापक्रम पृथ्वीसँग मिल्दो
Sarbottam CementSarbottam Cement

लण्डन । खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ ।
सो ग्रहको नाम ‘के२—१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ ।  

अध्ययनका अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।
त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ । यो उत्साहजनक कुरा हो,’’ युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले भने । 

सोही कलेजका लेक्चरर तथा प्रतिवेदनका सहलेखक इन्गो वाल्डम्यान््ले आगामी दशकमा यस प्रकारका केही ग्रह पाइन सक्ने जनाउँदै तर बस्न योग्य पहिलो ग्रह अहिले फेला परेको जनाएका छन् ।

Global Ime bank

(सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC