site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सरकारले द्वन्द्वकालका घटनाको सत्यतथ्य बाहिर ल्याउन चाहेन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दाबी गरेका छन् । 

आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन कामसमेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशिया’ विषयक अन्तरक्रियामा बोल्दै उनले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाईसमेत सरकारले अवरुद्ध पारेको स्मरण गराए । भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागे पनि त्यसमा सरकारले भाँजो हालेको उनको दाबी छ ।

आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानवअधिकार हननका घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC