site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आमा’को छायांकन सकियो, साउन्डका लागि इन्डिया जाँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को छायांकन सकिएको छ । असार १६ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ आजबाट सकिएको हो ।  

“पानीमा सुटिङ गर्नुपर्ने भएकाले पानी केर्दाकुर्दै लामो समय लागेको हो,” निर्देशक दीपेन्द्र के खनालले भने, “आज अन्तिम दिन स्वयम्भूमा छायांकन थियो ।” उनले कुनै पनि सम्झौता नगरी छायांकन गरिएको र पोष्ट प्रोडक्सनको बाँकी काम पनि विना सम्झौता गर्ने बताए । 

Agni Group

छायांकनसँगै लाइनअपको पनि काम भइरहेको निर्देशक खनालले जानकारी दिए । साउन्ड र कलरको काम इन्डियामा गर्ने योजना रहेको उनको भनाइ छ । 

चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी थिइन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् । 

Global Ime bank

‘आमा’मा सुरक्षासँगै मिथिला शर्मा र सरिता गिरी मुख्य भूमिकामा छन् । 

सोसल ड्रामा ‘आमा’को कथा पनि दीपेन्द्रले नै लेखेका हुन् । फागुन ९ गते प्रदर्शन हुने चलचित्र निर्देशक स्वयम्ले खिचेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC