site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उज्वेकिस्तानमाथि बदला लिने नेपालको रणनीति 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलको उपाधिका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली भोलि बिहीबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

घरेलु टोली किर्गिस्तान र ताजकिस्तानमाथि शानदार जित निकाल्दै फाइनल यात्रा तय गरेको नेपाली टोली उपाधिका लागि बलियो उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
 
खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ । लिग चरणमा उज्वेकिस्तानसँग हार ब्यहोरेको नेपाल बदला लिने रणनीतीमा छ । अपराजित उज्वेकिस्तान उपाधि कब्जा गर्न चाहन्छ । फिफा वरीयतामा उज्वेकिस्तान नेपाल भन्दा ५७ स्थान माथि छ । नेपाल १०१ औं स्थानमा रहँदा उज्वेकिस्तान ४४ औं स्थानमा छ । 

प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को जित निकालेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० को हार ब्यहोरेको थियो । अन्तिम खेलमा ताजकिस्तानमाथि जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC