site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लामखुट्टेको टोकाइबाट मर्छन् वर्षमा पाँच लाख मानिस
Ghorahi CementGhorahi Cement

काठमाडौं । अहिले लामखुट्टेको टोकाइबाट हुने डेंगुको महामारीले नेपालका तराई तथा केही पहाडी जिल्लाहरु आक्रान्त बनेका छन् । डेंगु नियन्त्रण एक्लैले गर्न नसक्ने स्वास्थ्य मन्त्रालयले बताइसकेको छ । दैनिक डेंगुका बिरामीहरु बढिरहेका छन् । 

यही समयमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । गत वर्षको इकोनोमिक फोरममा बिल गेट्सले प्रस्तुत गरेको एक अध्ययन प्रतिवेदनअनुसार सार्क माछाले टोकेर एक सय वर्षमा मर्नेभन्दा बढी मानिस लामखुट्टेको टोकाइबाट एक दिनमा मर्ने गरेका छन् । 

बिल गेट्सले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, "यदि मलाई कुनै कुराबाट सबैभन्दा धेरै डर लाग्छ भने त्यो हो, लामखुट्टे । लामखुट्टेको टोकाइबाट हरेक वर्ष पाँच लाख मानिसको मृत्यु हुने गरेको छ । यो एक दिमाग हल्लाउने तथ्यांक हो ।" 

Agni Group

लामखुट्टेको टोकाइबाट हुने मलेरियाबाट हरेक वर्ष दुई करोडभन्दा बढी मानिस संक्रमित हुने गरेका छन् । मलेरिया भएर हरेक दोस्रो मिनेटमा एक शिशुको मृत्यु हुने गरेको छ । 

उनले अगाडि भनेका छन्, "मेलिन्डा (बिल पत्नी) र मैले कैयौं पटक मलेरियाको सामना गरेका छौं । सार्कले कसैलाई आक्रमण गर्‍यो भने त्यो तस्बिर समाचारको मुख्य पृष्ठमा छापिन्छ तर कसैलाई लामखुट्टेले टोकेर अस्पतालको बेडमा मृत्युसँग लडिरहेको छ भने उसको तस्बिर आउँदैन । किनकी लामखुट्टेले हामीलाई शारीरिक क्षति गर्दैन तत्काल । सार्कले भन्दा लामखुट्टेको टोकाइबाट मानिसको मृत्यु हुने सम्भावना ५० हजार गुणा बढी हुन्छ ।" 

Global Ime bank

उनका अनुसार आगामी ३० वर्षमा विश्वको आधा जनसंख्या लामखुट्टेको टोकाइबाट संक्रमित हुनेछन्  ।

वैज्ञानिक तथा विभिन्न जनस्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीहरुले लामखुट्टेको टोकाइबाट मानिस संक्रमित हुने दर बढिरहेको तथ्यांक सार्वजनिक गरिरहेका छन् । लामखुट्टेको टोकाइबाट डेंगु, चिकनगुनिया, मलेरिया, जिकालगायत संक्रमण हुन्छ । 

यससम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको समूहले गरेको अध्ययनअनुसार आगामी ३० वर्ष अर्थात् सन् २०५० सम्ममा विश्वको आधा जनसंख्या लामखुट्टेको टोकाइबाट संक्रमित हुनेछ । डेंगु र मलेरिया सार्ने लामुखुट्टेबाट विश्वका ४९ प्रतिशत मानिसहरुमा त्रास फैलाइरहेको छ । 

"विश्वको वातावरण परिवर्तन र अहिलेको दरमा बढिरहेको लामखुट्टेको जोखिमलाई नियन्त्रण गर्न सकिएन भने विश्वका अधिकांश सहरी क्षेत्रका मानिसमा लामखुट्टेको टोकाइको संक्रमण हुने निश्चित छ," एकजना अनुसन्धानकर्ता तथा बोस्टन बाल अस्पतालका रोग संक्रमण वैज्ञानिक मोरिज क्राइमेरले भनेका छन् । 

उनले युरोप र अमेरिकाका तीन हजार स्थानको तथ्यांक संकलन गरी अध्ययन गरेका थिए । उनले उक्त तथ्यांकमा भइरहेको संक्रमण, भविष्यको जोखिम, बढ्दो सहरीकरण, वातावरणीय परिवर्तन, मानवको बसाइँसराइ र आवतजावतको अवस्थालाई समेत विश्लेषण गरेका थिए । उनको समूहले विगत पाँच वर्षदेखि अमेरिकाको उत्तरी क्षेत्रमा डेंगु सार्ने लामखुट्टे हरेक वर्ष १५० माइलका दरमा फैलिरहेको पत्ता लगाएका छन् । त्यसैगरी मलेरिया सार्ने लामखुट्टे हरेक वर्ष ९३ माइलका दरले फैलिरहेका छन् ।

आगामी पाँचदेखि १५ वर्षको अवधिमा लामखुट्टे सार्ने प्रमुख कारण मानिसहरुको बसाइँसराइ बन्नेछ । 

(एजेन्सीको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC