site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेस्सी र रोनाल्डोजस्तै बन्लान् स्ट्रलिङ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । इङ्ल्यान्ड तथा म्यानचेस्टर सिटीका फर्वाड रहिम स्ट्रलिङलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न मिल्दैन तर उनले गरेको प्रदर्शनका आधारमा भन्ने हो भने उनले भविष्यमा मेस्सी र रोनाल्डोको स्तरलाई नसम्हाल्न सक्लान् भन्न पनि सकिँदैन ।

सिजनको सुरुवात भएदेखि नै स्ट्रलिङले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । यूईएफए यूरो क्वालिफायर्स अन्तर्गतको आज बिहान कोसोभोसँग भएको खेलमा स्ट्रलिङले एक गोल गर्दै दुई गोलका लागि असिस्ट पनि गरे । उनले यो सबै खेल सुरु भएको ४५ मिनेटभित्र गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सिजन क्लब र देशका लागि स्ट्रलिङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले क्लबका लागि ६ गोल गरेका छन् भने देशका लागि दुई गोल गरिसकेका छन् । २४ वर्षीय स्ट्रलिङले गएको दुई प्रिमियर लिगमा ३४ गोल गरेका थिए । तर उनी रोनाल्डो र मेस्सीको अवस्थामा पुग्न भने उनलाई त्यति सहज छैन । तर उनले यस्तै तरिकाले प्रदर्शन गर्दै गएमा भने रोनाल्डो र मेस्सीको बाटो पक्रेको भान भने अवश्य नै हुन्छ ।

“मेस्सी र रोनाल्डोको महत्पूर्ण पक्ष भनेको उनीहरुले फुटबल जीवनभर नै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसै कारणले मैले उनीहरुको लय समाल्न खोज्दैछु,” स्ट्रलिङले भने ।

Global Ime bank

म्यान्चेस्टर सिटीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका उनले क्लबका लागि दुई प्रिमियर लिग टाइटल जितिसकेका छन् । उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको उत्कृष्ट पाँचको सूचीमा सधै परेका छन् । उनी हाल इङ्ल्यान्ड राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट खेलाडी हुन् ।

“क्लब फुटबलमा यो मेरो तेस्रो सिजन हो । मैले अघिल्लो सिजन भन्दा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु । मैले अझै फुटबलबाट धेरै कुरा सिक्न बाँकी छ,” स्ट्रलिङले भने ।

स्ट्रलिङले गएको अक्टोबरमा स्पेनसँग भएको नेसन लिगमा इङ्ल्यान्डका लागि दुई गोल गरेका थिए । उनले खेलको १६ र ३८ औँ मिनेटमा गोल गरेका थिए । २०१२ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले टिमका लागि ५३ खेल खेल्दै १० गोल गरिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC