site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कास्की–२ को मतदाता सूची अद्यावधिक असोज पहिलो साता
Ghorahi CementGhorahi Cement

पोखरा । कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ । तर नयाँ मतदाताको नाम सङ्कलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए । 

Agni Group

मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराए । 

यस क्षेत्रबाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC