site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्टेभन स्मिथ अर्थात् ‘द रन मेसिन’  
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेट समर्थकका लागि स्टेभन स्मिथ नयाँ नाम होइन । बरु विश्वभर रहेका उनका लाखौं समर्थकका लागि उनीमाथि लगाइएको एक वर्षे प्रतिबन्ध कहिले फुकुवा होला भन्ने व्यग्र प्रतीक्षा थियो । स्मिथ जब ‘बल टेम्परिङ’को आरोप लागेपछि एकवर्षे प्रतिबन्धमा परे, त्यसपछि अस्तव्यस्त बन्यो अष्ट्रेलियाको क्रिकेट यात्रा । अष्ट्रेलियन क्रिकेटमा पछिल्लो पाँच वर्षमा सबैभन्दा सफल खेलाडीको सूचीमा रहेका स्मिथको तुलना विश्व क्रिकेटका उदाउँदा स्टार विराट कोहलीसँग गरिन लागेको थियो । 

त्यहीबेला उनीमाथि प्रतिबन्ध लाग्यो । धेरैको मनमा आशंका र जिज्ञासा थिए । के स्टेभन स्मिथ प्रतिबन्धपछि पुरानै लयमा देखिएलान् ? के एक वर्षसम्म प्रतिबन्धको सामना गर्न उनको स्थानमा अरु कसैले आफूलाई अब्बल प्रमाणित गर्लान् ? तर त्यसो भएन । एक वर्षपछि स्मिथ र डेविड वार्नर टोलीमा फर्किए पुरानै रंगसहित । एकदिवसीय विश्वकपमा स्मिथले औषत प्रदर्शन गरे भने टेष्ट क्रिकेटमा उनी अब्बलमात्रै देखिएनन्, विश्व क्रिकेट वरीयतामा एक नम्बरमा आए । उनको पछिल्लो प्रर्दशन निकै लोभलाग्दो छ । उनको ब्याटबाट निस्किएका प्रत्येक रनले उनका आलोचक र विरोधीलाई  गतिलो जवाफ दिएको छ । 

दक्षिण अफ्रिकाविरुद्ध टेष्ट क्रिकेटमा बल टेम्परिङ गरेको काण्डमा क्रिकेट अष्टे«लियाले उनलाई एक वर्षे कारवाही गर्यो । उनी त्यसबेला टोलीको कप्तान थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीसँगै उपकप्तान वार्नर र बलर वेनक्राप्ट कारबाहीमा परे ।  एक वर्ष आफ्नो मुख्य हतियार ब्याटबाट अन्तर्राष्ट्रिय मैदानमा नदेखिएका स्मिथ पुरानै अवतारमा देखिए । असारमा इङ्ल्याण्ड र वेल्समा सम्पन्न १२ औं संस्करणको एकदिवसीय विश्वकपपछि टोलीमा फर्किएका उनी सर्वाधिक चर्चामा छन् । 

खेलाडीका लागि एक वर्ष मैदानमा जान नपाउनु दुर्भाग्य नै हो । उनी त्यो एक वर्षे कठिन समयबाट फर्किए नयाँ उत्साहका साथ । विश्वकपमा राम्रै प्रदर्शन गरे । 

Global Ime bank

यहि साता उनको प्रदर्शनले विश्वक्रिकेटमा राम्रै चर्चा पाएको छ । घरेलु टोली इङ्ल्याण्डविरुद्धको पाँच खेल खेलेको एसेज सिरिजमा उनको प्रदर्शन क्रिकेट उनका समर्थकका लागि ठूलो खुशीको विषय बन्यो ।

अष्ट्रेलियाले चौथौ टेष्टमा इङ्ल्याण्डलाई १ सय ८५ रनले हराउँदै एसेज ट्रफी रक्षा गर्दा स्मिथ नै त्यसका नायक सावित भए । 

टेष्ट एसेजमा स्मिथको जादूयी प्रदर्शन जारी छ । अष्ट्रेलिया भोलि (बिहीबार) बाट अन्तिम टेष्ट सिरिज खेल्दैछ । चौथो टेष्ट सिरिजसम्म नायक बनेका छन् स्मिथ । त्यसो त टेष्टमा उनको कीर्तिमान नै छ । उनी टेष्टमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडी हुन् । समग्रमा सर्वाधिक ६७१ रन बनाएका उनको औषत १३४.२ को छ ।  यसक्रममा उनले दुई शतक तथा दुई अर्धशतक प्रहार गरे । उनको न्यून रन ८४ रह्यो । एक दोहरो शतक पनि उनले प्रहार गरिसकेका छन् । 

३० वर्षिय स्मिथले २०१० बाट टेष्ट क्रिकेट यात्रा सुरु गरेका हुन् । लर्डस्मा पाकिस्तानविरुद्ध खेल्दै टेष्ट क्रिकेट यात्रा अगाडि बढाएका उनले अहिलेसम्म ६ हजार ८ सय ७० रन बनाएका छन् । उनी आईसीसीको टेष्ट वरीयतामा शीर्ष स्थानमा छन् । ९ सय ३७ अंकका साथ उनी १ नम्बरमा छन् । भारतका कप्तान विराट कोहली दोस्रो स्थानमा छन् ।

(एजेन्सीको सहयोगमा) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC