site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकसेवा आयोग विधेयक दर्ता भएको आठ महिनापछि संसदमा पेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ । बुधबार नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामला मन्त्री भानुभक्त ढकालले विधेयक संसदमा प्रस्तुत गरेका हुन् । 

नेपालको संविधानअनुसार लोकसेवाको काम, कर्तव्य र अधिकार बनाउनका लागि विधेयक ल्याइएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस २४ गते सो विधेयक प्रतिनिधिसभामा दर्ता गराएका थियो । विधेयक दर्ता भएको ८ महिनापछि छलफलका लागि संसदमा पेश भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विधेयकमाथि विरोधको सूचना राखेका सांसद सुवालले राज्य व्यवस्था समितिले आयोगलाई दिएको कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनले विधेयकमा संघीय निजामती सेवामा देशभरीका, प्रदेश निजामती सेवामा प्रदेशभरीका र स्थानीयमा स्थानीय तहका नागरिकले मात्र दरखास्त दिन मिल्ने व्यवस्था हुनुपर्ने बताएका थिए । 

निजामती कर्मचारी शासक होइन, जनताको सेवकको रुपमा रहनुपर्नेमा आफैं नयाँ सम्भ्रान्त वर्गका रुपमा उदाएको उनको भनाइ थियो । “कर्मचारी आफैं एउटा वर्गका रुपमा देखिएपछि सर्वसाधारणलाई गाह्रो भयो । नयाँ वर्ग नजन्माउने गरी गर्नु राम्रो हुन्छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC