site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फोटो प्रतियोगिताका तस्बिर प्रदर्शनीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । युनेस्को नेपाल र नेपाल सरकारको सहकार्यमा फोटो पत्रकार क्लबले गरेको फोटो प्रतियोगितामा छानिएका फोटोको प्रदर्शनी भइरहेको छ । प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषदमा भइहरेको छ । 

शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले अन्तर्रापष्ट्रय साक्षरता दिवसको अवसरमा ‘बहुभाषिक परिवेश र  साक्षरता’ विषयमा भएको फोटो प्रतियोगितामा छानिएका विजेतासहित उत्कृष्ट फोटो प्रदर्शनीमा राखेको हो । 
प्रदर्शनीमा ४२ फोटोग्राफरका ५४ फोटो प्रर्दशनीमा राखिएको छ । देशभरबाट १८२ फोटोग्राफरले पठाएका ६३६ फोटो मध्ये निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटा छानेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विधार्थी, शैक्षिक स्थिति, विद्यालय र शिक्षकबीचको सम्बन्ध, संस्कृति झल्काउने फोटो प्रदर्शनीमा राखिएको छ । 

प्रतियोगितामा वीरगन्जका पंकज श्रेष्ठले खिचेको अटिजमका विधार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम भएको छ । सुनिता डंगोलले खिचेको ललितपुरको जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउँदै गरेको फोटोले दोस्रो भएको छ । अनिश रेग्मीको संकेतिक भाषा प्रयोग गरेको फोटो तेस्रो भएको छ । 

Global Ime bank

प्रदर्शनी भदौ २८ गतेसम्म जारी रहनेछ ।


NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC