site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वाधार सम्मेलन सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । सरकार, नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थाको समन्वयमा सम्मेलन आयोजना भएको हो । सम्मेलनको प्रथम सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताए । द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेका छन् । 

हाल काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराई मधेशसँग जोड्नुपर्ने भन्दै उनले तराई क्षेत्रमा सहजकीकरण बढाउन सकिने बताएका हुन् । उनले अन्य पूर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको बताए । “हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन ।  यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ,” उनले भने  ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताए । तराईमा निर्माणाधिन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उनले बताएका छन्  ।

अहिले विश्व चौंथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको  बताउँदे उनले अहिले पनि निर्वाहमुखि कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उनको तर्क छ । निजी क्षेत्रले अहिलेको अवस्थामा ऊर्जामा लगानी बढाउने प्रशस्त सम्भावना रहेकाले भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उनले बताए । 

Global Ime bank

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत थुप्रै कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । 
कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्यनजर गरेर रेसिलियण्ट पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC