site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इजरायलका प्रधानमन्त्रीको भनाइमा अरब राष्ट्रको आपत्ति
Ghorahi CementGhorahi Cement

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफू फेरि पनि प्रधानमन्त्री भएमा पश्चिमी किनारा (वेस्ट ब्यांक)को भूभाग इजरायलमा गाभ्ने अभिव्यक्ति दिएकोमा अरब राष्ट्रहरुले आपत्ति जनाएका छन् । जोर्डन, टर्की र साउदी अरेबियाले सो विषयमा आपत्ति जनाएका हुन् । प्यालेस्टाइन कूटनीतिज्ञ साइब इरेकाटले त्यसो गरिएमा सो युद्ध अपराध हुने जनाएका छन् ।

नेतान्याहुले इजरायलको सार्वभौमसत्ता जोर्डन भ्याली र उत्तरी मृत सागरमा रहने गरी नीति अवलम्बन गर्ने मंगलबार जनाएका थिए । यो नीति इजरायलका दक्षिणपन्थी दलहरुको रहँदै आएको छ ।  अहिले नेतान्याहुलाई आगामी साता हुने निर्वाचन गठबन्धनको लागि दक्षिणपन्थी समूहको सहयोगको जरुरी देखिएको छ । यही भएर उनले यसरी कडा अभिव्यक्ति दिएको जनाइएको छ । 

Agni Group

इजरायलले पश्चिमी किनारा सन् १९६७ देखि अधिनस्थ गरेपनि त्यसलाई आफूमा विलय गरेको घोषणा भने गरेको छैन । लिक्वुड पार्टीको नेतृत्व गरिरहेका नेतान्याहु आउँदो मंगलबार हुने निर्वाचनमा भाग लिइरहेका छन् । 
सर्वेक्षणहरुले लिक्वुड पार्टी विपक्षी ब्लु एण्ड ह्वाइट पार्टीसँग बराबरीको प्रतिस्पर्धामा रहेको देखाएको छ । प्यालेस्टाइनहरुले समग्र पश्चिम किनारा क्षेत्र भविश्यको स्वतन्त्र मुलुकको रुपमा व्याख्या गर्दै आएका छन् । 

(बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC