site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 पोखरामा ‘टुरिष्ट’ उमेदवारकै बढी चर्चा
Ghorahi CementGhorahi Cement

पोखरा । स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले चाहना राखे उनी, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट नेकपाको निर्विवाद उमेदवार हुन् । कार्यकर्ताबीच पनि यही चर्चा छ । तर, अर्को चर्चा यो पनि छ कि भट्टराईलाई राष्ट्रियसभामा लैजाने, प्रतिनिधिसभाको निर्वाचनमा नउठाउने । यदि विद्या उठिनन् भने उनको ठाउँमा नेकपाको उमेदवार को बन्ला ?

जहाँसम्म उनी राष्ट्रियसभामा जाने भइन् या पार्टीले लैजाने भयो भने उनको ठाउँमा नेकपाका सबैभन्दा सम्भावित उमेदवार हुन् वामदेव गौतम । जो बर्दियाबाट २०७४ सालको निर्वाचनमा कांग्रेसका उमेदवार सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए ।

वामदेवको संसद छिर्ने अभिलाषा यसअघि पनि प्रकट नभएको भने होइन, डोल्पामा ठाउँ खाली गराउने होस्, वा काठमाडौंमा उनले कसरत ठुलै गरे । काठमाडौंमा त, बहालवाला सांसद रामवीर मानन्धर राजीनामा दिन तयार पनि भए । तर, पार्टी पंक्तिबाटै चर्को विरोध तथा साथ नपाउने निश्चित भएपछि उनको सांसद बनेर संसद् जाने रहर बाँकी नै रह्यो ।

Agni Group

त्यसपछि गत फागुन १६ गते अघिल्लो दिन हेलिकोप्टर दुर्घटनामा तत्कालीन मन्त्री अधिकारीको निधन भएपछि शोक प्रकट गर्न उनी पोखरा आए ।  उनीसँगै नेकपाका शीर्षतहका नेताहरु पनि आए । 

गौतम श्रद्धाञ्जली सभामा आएता पनि उपनिर्वाचनमा उमेदवार बन्ने चर्चा त्यतिखेर नै चल्न थालेको थियो । शोकमा राजनीति भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि गौतमले सामाजिक सञ्जालमा नै आफू उमेदवार नबन्ने र निर्वाचन नलड्ने प्रष्टोक्ति दिए ।

Global Ime bank

त्यसयता ६ महिना समय बितिसकेको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले मिति तय गरिसकेको छ भने अन्य प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।  आयोगले निर्वाचनमा सक्रियता देखाउँदै गर्दा एकपटक पुनः वामदेव सतहमा आएका छन् । यसअघि उनले सांसद बन्न जति सक्रियता देखाएका थिए त्यो सक्रियता भने उनले अहिले देखाएका छैनन् । चर्चाअनुसार नेकपाका डबल अध्यक्ष नै गौतमलाई उमेदवार बनाउने मनस्थितिमा छन् । 

नेकपा स्रोतका अनुसार पनि नेकपाका अध्यक्षद्वयले समर्थन गर्ने र गौतम नै उपनिर्वाचनमा नेकपाको उमेदवार हुने सम्भावना बढी छ । यदि गौतम उमेदवार बने भने उनी कास्की जिल्ला बाहिरका उमेदवार हुनेछन् । उमेदवार भइहालेको खण्डमा उनी कास्कीका लागि ‘टुरिष्ट उमेदवार’ हुनेछन् । यसअघिका निर्वाचनमा गौतम बर्दिया र प्युठानबाट निर्वाचनमा भाग लिएका थिए ।

गौतमजस्तै कांग्रेसबाट पनि टुरिष्ट उम्मेदवारकै चर्चा बढी चलेको छ । गौतम लड्ने भए कांग्रेसबाट धनराज गुरुङलाई उमेदवार बनाउने बहस कार्यकर्ताबीच चलेको छ ।  २०७४ को चुनावमा प्रतिनिधिसभाका लागि टिकटको प्रयास गरेका थिए । गुरुङ आफैँ भन्छन्, “एउटै मान्छे २०–२५ वर्षसम्म एउटै क्षेत्रबाट लड्दा जनता वाक्क भएका हुन्छन्, यो त पार्टीको विचारको लडाईं हो, व्यक्ति लड्न त पञ्चायतमा नै लडे नि ।”

पार्टीले आधिकारिक निर्णय नगरेता पनि जनस्तरका कार्यकर्ताहरुले चुनाव जित्नको लागि चुनावमा भाग लिन सुझाव दिएको उनले बताए ।

“जनस्तरको कार्यकर्ता साथीहरुले तपाईं आउनुपर्छ भनेका छन्, कांग्रेसले जित्ने हो भने यो जनमत संग्रह हो, हार्नको लागि जसलाई दिए पनि हो भन्नुभएको छ, मलाइ फोन आइरहेको छ । सकारात्मक रुपमा आएको छ, पार्टीले चाहिँ निर्णय गरेको छैन,” उनले भने ।

गुरुङकै प्रष्टोक्तिले पनि उनी तीव्र आकांक्षी भएको देखाउँछ । 

तपाईंलाई टुरिष्ट उमेदवारको ट्याग लाग्दैन त ? भन्ने प्रश्नमा उनले भने, “विचारले लड्ने हो, पञ्चायतमा व्यक्ति लड्थे, हाम्रो चाहिँ मानसिकतामाथि उठ्नुपर्छ भन्ने मलाई लाग्छ । मेरो हकमा मात्र नभई सबैको हकमा उही हो, एउटै व्यक्ति एउटै ठाउँबाट धेरैपटक चुनाव लड्नुहुँदैन भन्ने मेरो मान्यता हो ।”

२०७४ को चुनावमा झैँ यसपटक पनि मुख्य प्रतिष्पर्धा दुईतिहाई बहुमतसहित सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एकचौथाइ पनि अपुग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै हुनेछ । २०७४ को चुनावको मतपरिणाम अनुसार यी दुई दलबाहेक तेस्रो स्थानमा रहने उमेदवारको मतसंख्या नगण्य थियो ।

२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उमेदवार  अधिकारीले २७ हजार दुई सय सात मतसहित ५६.१६ मत प्राप्त गरेका थिए । निकटतम् प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत सहित ३८.५२ प्रतिशत मत प्राप्त गरेका थिए ।
अन्य दलका उमेदवारले भने एक हजार मत पनि कटाउन सकेका थिएनन् । 

यी दुई हेभिवेट नेताको चर्चा बढी भएता पनि आकांक्षीको सूची भने लामै छ । नेकपाबाट नै सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्कीलगायतको चर्चा छ । पूर्वमाओवादी केन्द्रबाट प्रदेशसभामा पराजित राजकाजी गुरुङ (करण) कास्की २ ‘ख’ बाट पराजित प्रदेशसभा सदस्यका उमेदवारसमेत हुन् ।

कास्कीमा विद्या नउठेको खण्डमा र वामदेवको मनशाय नभएको खण्डमा बलिया दाबेदारको रुपमा पुराना नेता सोमनाथ अधिकारीको सम्भावना बलियो रहेको स्वयम् नेकपाका नेता कार्यकर्ता बताउँछन् । तर, औपचारिक रुपमा नेकपाले एउटा भेला बाहेक कुनै छलफल गरेको छैन । “आन्तरिक तयारी बाहेक अरु खासै केही छैन,” नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने ।

उमेदवार नटुंग्याए पनि उपनिर्वाचनमा कांग्रेसको तयारी भने अगाडि देखिएको छ । गत महिनामात्रै कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीहरु पोखरामा भेला भएर कुनै पनि हालतमा कांग्रेसका उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । 
मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा सबै कार्यकर्ता एक भएर कांग्रेसलाई विजयी गराउन निर्देशन दिए ।

कास्की कांग्रेस सभापति कृष्ण केसीले यसअघि नै बाह्रखरीसँगको कुराकानीमा भने, “पाँच गते जिल्ला कार्यसमितिको बैठक बसेको छ । उपनिर्वाचन २ नम्बर क्षेत्रका ११ वटा इकाइहरु प्रतिनिधि खटाएका छौँ, चुनावको तयारीका लागि प्रतिनिधिहरु खटाएका हौँ ।”  आकांक्षीको संख्या भने नेकपामा जस्तै कांग्रेसमा पनि उत्तिकै छन् । स्व. अधिकारीसँगै चुनाव लडेका देवराज चालिसे आकांक्षी दौडको पहिलो नम्बरमा छन् । चुनावमा जित–पराजित भन्दा पनि पाँचवर्षे कार्यकालको लागि आफू नै उमेदवारको भएको तर्क उनको छ । 

नेपाली कांग्रेसका महासमिति सदस्य ऋषि काफ्ले पनि टिकटका आकांक्षी हुन् । यसबाहेक शोभियतबहादुर अधिकारी, विरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य लगायतका नेताहरु पनि टिकटको लबिईङमा नै छन् ।

व्यक्तिगत प्रभावको क्षेत्र

२०७४ को निर्वाचनको मतपरिणाम हेर्ने हो भने कास्कीका तीनवटै क्षेत्र नेकपाको लागि सहज छन् । उक्त चुनावमा अधिकारी आठ हजार पाँच सय ४६ मत बढी ल्याएर विजयी भएका थिए । निर्वाचन कार्यालयको तथ्यांक अनुसार रविन्द्रले २७ हजार दुई सय सात मत ल्याउँदा निकटतम् प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत ल्याएका थिए ।

कास्कीका तीनवटै निर्वाचनमा वाम गठबन्धनका उमेदवारले ८ हजार माथिको मतान्तरले जितेका थिए । तर, समानुपातिकको मतान्तर भने कम छ । यसबाट के बुझ्न सकिन्छ भने उक्त निर्वाचनमा प्रत्यक्षतर्फ व्यक्तित्वको प्रभावले पनि काम गरेको थियो । उपनिर्वाचन हुने कास्की २ मा प्रत्यक्षतर्फ नेकपा ८ हजार ५ सय भन्दा बढी मतान्तरले अगाडि हुँदा समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको छ ।

अर्थात् त्यतिबेला नेकपाले प्रत्यक्षमा कांग्रेसको भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो । उसो त, समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रलाई एक मत पनि परेको थिएन ।

एक हजार ६ सय १० मतदाता थपिए

उपनिर्वाचनको लागि मतदान गर्न पाउने एक हजार ६ सय १० जना मतदाता यो क्षेत्रमा थप भएका छन् ।  जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ गतेसम्म उक्त संख्यामा मतदाता थप भएका हुन् ।  २०७४ को निर्वाचनमा यो क्षेत्रमा कुल ७० हजार ६ सय ५१ जना मतदाता थिए । 
थपिएकासँगै उपनिर्वाचनमा यस क्षेत्रबाट ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन् । 

यद्यपी यो संख्या भने अझै बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । अन्य जिल्ला वा क्षेत्रबाट बसाइसराइ भई आएको खण्डमा यो संख्या थपिन सक्ने उनको भनाइ छ । निर्वाचन आयोगले नै मतदान स्थल र केन्द्रको समेत टुंगो लगाउने हुँदा आयोगको निर्णय पर्खेर बसेको उनले बताए । 
यसअघिको निर्वाचनमा कास्की २ मा ३२ मतदान स्थल र केन्द्र ८२ थिए । 

उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो ।  खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए । १ स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो ।  ११ उमेदवारले १ हजार भोट कटाउन सकेनन् । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन् ।

गण्डकीमा कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ सँगै बाग्लुङको क्षेत्र नं २ ‘ख’ पनि रिक्त छ । उक्त क्षेत्रका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुनेछ । तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ  सुन्दरबजार– २, बाग्लुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC