site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दाङ । दाङका स्थानीयहरुले प्रदेश सांसदहरुलाई समयतालिका बनाएर आफ्नो निर्वाचन क्षेत्रका बस्तीहरुमा पुग्न आग्रह गरेका छन् ।

उनीहरुले चुनावी प्रचारका बेलामा जस्तै कार्यतालिका बनाएर गाउँ पसे विकास निर्माणको अनुगमनका साथै जनताको समस्याका बारेमा जानकारी लिन सहज हुने बताएका छन् । यसरी गाउँ पस्दा चुनावी प्रतिबद्धता पूरा गर्न थप दबाब मिल्ने स्थानीयहरुको भनाइ छ । अहिले सांसदहरु गाउँ-गाउँ गएको देखिए पनि जनतासँग छलफल गर्न नभई विकासे कामको शिलान्यास र उद्घाटनका लागी गएको देखिएको अधिकारकर्मी विनोद केसीको भनाई छ ।

Agni Group

प्रदेश सांसदहरुले भने प्रदेश संरचना अनुसारको सरकार पहिलो पटक निर्माण भई सञ्चालनमा आएकाले जनताको अपेक्षा अनुसारको काम गर्न नसकिएको बताउछन । प्रदेशका लागि आवश्यक संरचना तथा कानुन निर्माणमा बढी समय दिनु परेको उनीहरुको भनाइ छ । 

प्रदेशभित्रका सबै जिल्लालाई समानुपातीक रुपमा बजेट बिनियोजन गरिएकाले जनताका आकांक्षा पनि समानुपातीक रुपमा सम्बोधन गरिएको प्रदेश सांसदहरु बताउछन । प्रदेश सांसद  अमर डाँगीले जनताको आकांक्षा पूरा गर्न प्रदेश सरकार र संसद लागिरहेको बताए । पहिलो पटक अभ्यास भइरहेको प्रदेश सरकारसँग पर्याप्त श्रोत साधन नभएकाले केही अलमलजस्तो देखिए पनि जनतासँगको प्रतिबद्धता आफूहरुले नभुलेको उनको भनाई छ ।

Global Ime bank

प्रदेश संसद अर्न्तगतको लेखा समितिका संयोजक एवं दाङको निर्वाचन क्षेत्र ३ क का प्रदेश सांसद डिल्ली चौधरीले पनि चुनावी प्रतिवद्धता पुरा गर्न प्रयत्नशिल रहेको बताउछन । आफू प्रतिपक्षको भए पनि मुख्यमन्त्रीसँगको समन्वयमा आफ्नो क्षेत्रमा दाङको पहिचानको रुपमा रहेका थारु समुदायको इतिहास संरक्षणलगायतका काम भइरहेको चौधरी बताउछन ।

प्रदेश सांसदले आफूहरु चुनावमा जस्तो कार्यतालिका बनाएर गाउँ जाने काम नभए पनि जनताको चासो र समस्याका बारेमा आफूहरु जानकार बताउछन । प्रदेश सरकारकै लगानीमा दाङको दंगीशरण गाउँपालिकाको चखौरामा ६५ लाख रुपैयाँको लगानीमा थारु ग्राम निर्माण भैरहेको छ । प्रादेशिक संरचनापछि आफ्नो इतिहास र पहिचान संरक्षणका लागी लगानी गर्ने अवसर मिलेको सांसद डिल्ली चौधरीको भनाई छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC