site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल टेलिकमको गाउँपालिकालक्षित द्रूत गतिको इन्टरनेट सेवा सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सिङ्गो गाउँपालिकालाई समेट्ने गरी दू्रत गतिको इन्टरनेट सेवा ‘एफटीटीएच’ सुरु गरेको छ । सोमबार टेलिकमले रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर पाँचका सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई ‘एफटीटीएच’ प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिँदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अअङ्गीकार गर्नुपर्ने विभिन्न कानूनी प्रावधानका कारण भोग्नुपरेको समस्या उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए ।

निर्देशक मालाकारले आगामी दिनमा नेपालका अन्य गाउँपालिकाहरुमा पनि यो सेवा विस्तार गरिने जानकारी दिए ।
कार्यक्रममा गैडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले गाउँमा उच्चस्तरीय सञ्चार प्रविधि उपलब्ध नहुँदा र हुँदाको अवस्थाका बारेमा बोलेका छन् । कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो ।

Global Ime bank

सोही अवसरमा त्यस भेगका जनतालाई निः शुल्क प्रिपेड सिमकार्डसमेत वितरण गरिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले ‘एफटीटीएच’ सेवाअन्तर्गत व्यक्तिगत र व्यावसायिक प्रयोगकर्ताका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराएको छ ।

यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध छ । हाल ‘एफटीटीएच’ प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने टेलिकमले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC