site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हिन्दू राष्ट्रबारे पनि कुरा उठाउन पाइन्छः देउवा
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरु नभएर अहिलेको कम्युनिष्ट सरकार भने खराब भएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘‘सबै कम्युनिष्ट पार्टीहरु खराब हुँदैनन् तर अहिलेको सरकार भने बदमासीपूर्ण ढंगले चलेकोले खराब छ ।’’ 

देउवाले सरकार विधिविधानपूर्ण ढंगले नचलेको बरु पत्रकारलाई जेल हाल्नेसम्मको कानुन ल्याउने, मानव अधिकारको क्षेत्र तहसनहस गर्ने र व्यक्तिगत स्वतन्त्रता नै संकटमा पर्ने किसिमको कानुन ल्याउन उद्दत रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले ओली सरकार प्रजातान्त्रिक ढंगले सञ्चालन नभएको भन्दै मूल्यमान्यतालाई विचलित बनाउन खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, ‘‘सरकारका गलत कामविरुद्ध हामी चुप लागेर बस्दैनौं ।’’ उनले सरकारलाई सच्चिन सुझाव दिए ।

देउवाले कांग्रेसभित्र एकता रहेको दाबी गर्दै यो देखाउन केन्द्रीय समितिको पूर्ण बैठकमा प्रेसलाई पनि राखिदिने बताए । ‘‘बैठकमै प्रेसलाई राखिदिन्छु । अनि देख्नुहुनेछ एकता छ कि छैन,’’ उनले भने ।

Global Ime bank

देउवाले कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै जागरण अभियान देशभर सकारात्मक ढंगले अघि बढ्ने बताए । सभापति देउवाले कांग्रेसभित्र हिन्दू राष्ट्रको विषयमा नेताले उठाउने गरेको विषयमा यसलाई रोक्न नसकिने बताउँदै भने, ‘‘धेरै साथीहरुले हिन्दू राष्ट्रको कुरा उठाउनु हुन्छ । यो भन्न पाइन्छ । कुरा उठाउन पनि पाइन्छ ।’’ सभापति देउवा जागरण अभियानअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्न सुनसरीको इनरुवा आएका हुन् । उनीसँगै कार्यक्रममा कांग्रेसका केन्द्रीय नेताहरु पनि सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC