site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न इच्छुक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्योङयाङ । उत्तर कोरियाले अमेरिकासँगको वार्तालाई पुनः शुरु गर्न चाहेको त्यहाँका उपविदेशमन्त्रीले बताएकी छन् । उपमन्त्री चोइ सन हुइले दुवै पक्षको सहमतिमा आफूहरुले विस्तृत रुपमा छलफल गर्न चाहेको उल्लेख गरेकी छन् ।  उनले यही महिनाको अन्त्यसम्ममा वार्ताको इच्छा समेत देखाएकी छन् । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियासँग वार्ता जारी रहने आशा रहेको जनाएपछि उत्तर कोरियाली उपमन्त्रीले वक्तव्य जारी गरेर सो धारणा राखेकी हुन् ।

तर उनको भनाई आएको केही घण्टामा नै उत्तर कोरियाले छोटो दूरीका मिसाइल प्रक्षेपण गरेको जनाइएको छ ।  पछिल्ला दिनमा उत्तर कोरियाले यसप्रकारका मिसाइल बारम्बार प्रक्षेपण गर्दै आइरहेको छ ।  अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको घोषणा गरेपछि उत्तर कोरियाले असन्तोष व्यक्त गर्दै ती मिसाइल प्रक्षेपण गर्दै आएको हो । भियतनामको हनोइमा यही वर्षको फेब्रुवरी महिनामा अमेरिका र भियतनामबीच दोस्रो शिखर सम्मेलन भएको थियो । 

त्यसपछि जापानबाट दक्षिण कोरिया भ्रमणमा गएका बेलामा अमेरिकी राष्ट्रपति र कोरियाका नेता किम जङ उनबीच पनि सीमा क्षेत्रमा संक्षिप्त वार्ता भएको थियो ।  तर, त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल प्रक्षेपण गर्न थालेपछि दुई देशको सम्बन्ध केही चिसो भएको थियो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC