site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घिनाहाघाट-विराटचोक सडकमा आफ्नैले बिर्सिए वीरनारायण
Ghorahi CementGhorahi Cement

विराटनगर । सिमान्तकृत झाँगड समुदायको ढोल र बाजाको स्वर । फूल र खादाबाट परम्परागत अचरा खड्की पहिरिएका थारु युवतीको न्यानो स्वागत । प्रमुख अतिथि र आगन्तुकको बाक्लो उपस्थिति । ठूलो संख्यामा सहभागी स्थानीय ।

ग्रामथान गाउँपालिकाको नेताचोकमा सोमबार निकै उल्लासपूर्ण माहोल देखिन्थ्यो । प्रदेश सरकारको गौरवको आयोजनाको शिलान्यस थियो भने स्थानीयको दुई दशक अघिदेखिको पर्खाइ पूरा हुँदै थियो । 

स्थानीयले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘दिलदेखि’ स्वागत गरे । सन्दर्भ थियो, घिनाहाघाट-विराटचोक २२ किलोमिटर चारलेन सडक शिलान्यास । यो सडक संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको हो । ग्रामथान गाउँपालिकाको केन्द्र तेतरियाबाट उत्तर र सुन्दरहरैंचासंग साँध जोडिएको नेताचौकमा हिजोआज विकासको गति पनि बढेको छ । सोमबार भव्य कार्यक्रम आयोजना गरियो । 

Agni Group

मुख्यमन्त्रीले सडक शिलान्यास गर्दै अब विकासमा सम्झौता नहुने बताए । सहभागीले पनि साँच्चै नै अब प्रदेश सरकार आएपछि विगतको जस्तो कमसल काम नहोला भन्ने विश्वास गरे । राईले भने,‘‘आफ्नो ठाउँ आफैं विकास गर्न हामीले संघीयता ल्याएको हो । प्रदेश सरकार बनाएको हो ।’’ उनले प्रदेश १ सरकारको गौरवको यो सडक सडक योजना निर्माणमा सहयोग गर्न र अवरोध नगर्न स्थानीयलाई आह्वान पनि गरे ।

प्रदेश राजधानी विराटनगर भित्रिन र बाहिरिनका लागि यो सडक वैकल्पिक मार्ग मानिन्छ । थारु बहुल क्षेत्र मानिएको ग्रामथानको बीचभागबाट सडक गएको छ । पुरानो तर बारम्बार मर्मत हुने र भत्कने सडक स्थायी रुपमा चार लेन बनाउने भएपछि थारु समुदायमा पनि ठूलो उत्साह छ । यसको स्वागतमा थारु समुदायकबाट प्रतिनिधिसभामा सांसद अमनलाल मोदी, प्रदेश सांसद विजय विश्वास र ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण माझीले लामै मन्तव्य राखे । 

Global Ime bank

सडकको महत्व पनि दर्शाए । तर, तीनैजना वक्ताले यो सडकको ऐतिहासिकतासँग जोडिएको विषय भने बिर्सिए अथवा बोल्न चाहेनन् । सहभागीले पनि यो सडकसँग जोडिएका थारु समुदायकै एक अगुवाबारे पनि चर्चा गरेनन् । प्रदेश सरकारले घिनाहाघाट-विराटचोक नाम दिएर निर्माण थालनी गरेको यो सडक वीरनारायण माझी मार्ग हो । डेढ दशकअघि सरकारले यो सडकको नाम थारु सामुदायकै ज्येष्ठ नागरिक सुनसरी खनार निवासी वीरनारायण माझीको नाममा राखेको थियो । तर, अहिले प्रदेश सरकारले सडकको त्यो नामको साटो घिनाहाघाट–विराटचोकनामकरण गरिदिएको छ ।

ग्रामथान २ का सामाजिक अगुवा टिकाराम खतिवडाले सडक शिलान्यासका बेला वीरनारायणलाई सबैले भुलेको बताउँदै भने,‘‘तत्कालीन सरकारले उहाँकै नाममा सडकको नाम राखेको थियो । पछिसम्म पनि वीरनारायण मार्ग नै भनिन्थ्यो ।"

सन् १९९८ अप्रिल २० मा नेपालका सबैभन्दा जेष्ठ नागरिक मानिएका वीर नारायण माझी चौधरीको १४१ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । गाउँमा चलिआएको कथनअनुसार सन् १८८८ (उनको निधन हुनुभन्दा ११० वर्षअघि) को पहिलो ब्रिटिश भूमि सर्भेमा काम गरेका थिए । उनी त्यतिबेला ३० वर्षका थिए । 

जन्म मितिको आधिकारिक प्रमाण नभए पनि उनलाई तत्कालीन राजा वीरेन्द्रले सन् १९९७ मा सम्मान गरेका थिए । खनारका वीर नारायणको मृत्यु हुँदा उनका चार नातीनातिनी, १५ पनाति र पनातिनी र चार जनाती र जनातीनीहरु थिए । उनको सम्मानमा वीरनारायण मार्ग राखिएको थियो ।

२२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्प पनि मानिन्छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको सडक वहुवर्षे आयोजनाअन्तर्गत राखिएको छ । दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । 

प्रदेशसभाका सांसद विजय विश्वासले यो क्षेत्रको विकासमा सडकको ठूलो महत्व भएको बताए । अर्का सांसद  राजकुमार ओझाले ४ लेनको सडक हुँदा यसको दीर्घकालीन महत्व हुने भन्दै कृषि उपजको बजारीकरण र प्रदेश राजधानीसंगको सिधा पँहुच बढ्ने बताए । 

दुईवटा प्याकेजमा दश दश किलोमिटर सडक ठेक्का लागी आसोज १ गतेबाट काम शुरु हुँदैछ । सडक सत्तरी फिट चौडाइको हुनेछ । बीच भागबाट दुबैतर्फ २५ फिट कालोपत्रे हुनेछ । सडक निर्माणको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको हो । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सडकको गुणस्तरीयता प्रमुख विषय भएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC