site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कस्तो छ नयाँ ‘आइफोन ११ प्रो’ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । 

किनकि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडलजस्तै हुने बताइएको छ ।  मंगलबार आफ्नो क्यालिफोर्नियाको हेडक्वाटरमा एप्पलले सम्भावित रुपमा सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गर्नेछ– आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ जसले यसअघिका एक्सएस, एक्सएस म्याक्स र एक्स आर मोडललाई प्रतिस्थापन गर्नेछन् । 

यसका साथै आइफोनले केबल ४५० डलरबाट सुरु हुने अर्को एक सस्तो मोडल पनि ल्याउने अनुमान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको हुने तर क्यामरा र भिडियो फिचर भने केही फरक रहने बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडिपट्टी तीनवटा क्यामरा हुने कुरा यसअघि चर्चामा आइसकेको छ । 

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको हुनेछ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । 

Global Ime bank

त्यसैगरी नयाँ आइफोन प्रो व्यासायिक रुपमा शक्तिशाली अर्थात अधिक क्षमतावान् प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ । 

तर पनि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभ– जीलगायतका चुनौतीमय तरिका अपनाइरहँदा एप्पल भने आफ्नै गतिमा अघि बढ्ने निर्णय गरेको हो । 

जसलाई पनि जोखिमयुक्त नीति नै बताइएको छ । किनकि आइफोनको व्यापार अझै पनि एप्पल कम्पनीको सबैभन्दा ठूलो आम्दानीकर्ता हो । यस्तोमा पछिल्ला केही महिनामा आइफोनबाट प्राप्त आम्दानीमा दुई अङ्कको गिरावट आएको छ । 

यसकारण पनि नयाँ आइफोन कम्पनीका लागि महत्वपूर्ण रहनेछ । चीनसँगको व्यापारिक युद्ध र अपग्रेडका लागि ग्राहकहरुले लामो समय कुर्नु परेका कारण नै व्यापारमा त्यति ठूलो क्षति भएको बताइएको छ । व्यापारिक युद्धपछि चीनमा आइफोनको मागमा ठूलो गिरावट आएको हो । यसबारेमा एबीआइका रिसर्च एनालिस्ट डेभिड मेक्वीन भन्छन्, “एप्पलले आफ्नो डिजाइनमा ठूलो परिवर्तन ल्याएमा मात्र उच्च लाभ हासिल गर्न सक्नेछ । तर कम्पनीका लागि यो हरेक वर्ष गर्न सम्भव छैन ।” 

उनले एप्पलको आइफोन ५ एस मोडलबाट आइफोन ६ तर्फको ठूलो बदलावको संकेत गरेका हुन् । एप्पलका लागि त्यो वर्ष ऐतिहासिक साबित भएको थियो । 

यस्तोमा यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरासँगै थ्रीडी टच हटाउनेलगायत रहेको कम्पनीको भनाइ छ । 

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ । 

त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ । 

यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो । 

त्यसैले यी फिचरबिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् । मंगलबार आइफोन ११ का साथै एप्पल वाच पनि लन्च हुने यसअघि कम्पनीले जानकारी गराएको थियो ।  सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC