site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संघीयताको मुटु नै प्रदेश हो, यो निकालेर चल्छ र ?’
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको मुट नैु प्रदेश भएको बताएका छन् । प्रदेशसभा बैठकलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघ र स्थानीय संरचना बनिबनाउ रहे पनि संघीयताको प्रतिनिधित्व गर्दै नविनतम ढंगले प्रदेश आएको बताउँदै भने,‘‘प्रदेश चाहिँदैन भन्ने टिप्पणी पनि सुनिन्छ तर यो नेपाली माटो अनि मौलिकता सुहाँउदो रुपमा आएको छ । संघीयताको मुटु नै प्रदेश हो, यो निकालेर चल्छ र ?’’ 

प्रदेशसभामा विशेष समय लिएर सम्बोधन गरेका मुख्यमन्त्री राईले कुनै एक जात, भाषा, धर्म वा सम्प्रदाय नभएर सबै सुखी हुने अठोटसाथ संघीयता अवलम्बन गरेको चर्चा गर्दै आफूँ, अरु र सबैलाई रुपान्तरण गर्नु नै संघीयताको मर्म भएको बताए ।

मानिसको मानसिकता, प्रवृत्ति, आनीबानी र सामाजिक सम्बन्धमा समस्या रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राईले रुपान्तरण गर्ने जिम्मेवारी प्रदेशको काँधमा आएको बताए । उनले भने,‘‘संविधान र संघीयता कार्यान्वयन गर्न इमान, नैतिक मूल्यमान्यता र सकारात्मक सोच अनि प्रतिबद्धताको खडेरी परेको जस्तो देखिन्छ । यसको अभावमा मुलुक कमजोर र निम्छरो जस्तो देखिनु गम्भीर विषय हो ।’’ उनले ‘मौका यही हो आफ्नो केही भर्‍याङको बन्दोबस्त गरिहालौं’ भन्ने मानसिकताले मुलुकलाई ठूलो नोक्सानी भएको टिप्पणी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशको विकास योजना, बजेट कार्यान्वयन र सदनमा सांसदले सरकारप्रति गरेको टिकाटिप्पणी प्रति निकै सुस्पष्ट प्रस्तुत भएको मुख्यमन्त्री राईले सरकारले परियोजनाहरुमा गरेका कमजोरीको विषयमा तथ्यतंथ्यांकसहित प्रस्तुत भई सहयोग गर्न सांसदलाई आग्रह गरे । ‘‘भ्रष्टाचार हामीलाई सह्य छैन् । सरकारलाई लगाम लगाउने सभा यही हो । यसको मुख्य दायित्व हो । नयाँ प्रणालीमा छौं । चुनौतीको सामना गरेका छौं,’’ मुख्यमन्त्री राईले भने,‘‘गलत काम गर्नेको सूचना दिएको एक घण्टामा कार्वाही गर्छौ । यसको शुरुवात पनि गरिसकेका छौं ।’’

मुख्यमन्त्री राईले आवधिक रुपमा निर्वाचित भई आउने जनप्रतिनिधि, स्थायी रुपमा रहेका कर्मचारी र निर्माणका सक्रिय निर्माण कम्पनी सबैले मौकाबाजी सोच-चिन्तन र व्यवहार गर्ने भए मुलुक कसरी बन्छ भन्ने प्रश्न गर्दै अन्य प्रदेशको तुलनामा प्रदेश १ कम आलोचित प्रदेश भएको दाबी गरे । भने,‘‘हामीले सचेत भएर पाइला चालिरहेका छौं । जानाजान चेकेका छैनौं । यो अवसरलाई निजी वा पारिवारिक लाभको लागि परस्त भनेर बुझेका पनि छैनौं ।’’ उनले प्रदेश १ ले राजधानीको टुंगो सर्वदलीय रुपमा लगाए जस्तै नामको विषयमा पनि यसरी नै केही समयपछि तोकिने स्पष्ट गर्दै सरकार पनि बिस्तार गर्न विलम्ब नहुने सदनलाई जानकारी गराए ।

Global Ime bank

मुख्यमन्त्री राईले प्रदेश १ ले संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० कै सन्दर्भ पारेर यो प्रदेशमा रहेका ८ हजार मिटर तथा त्यसमाथिका हिमाल आरोहण गर्ने आरोहीको सम्मानमा ‘समिर्टस समिट’ गर्ने तयारी गरेको र यसमा संघीय सरकारले समेत निकै प्रशंसा गरेको बताए । उनले भने,‘‘आवधिक योजना पनि तयार भईसकेको छ । सदनबाट लगानी सम्बन्धी कानुन पारित हुनसाथ लगानी सम्मेलन गर्नेछौं ।’’

मुख्यमन्त्री राईले बजेट कार्यान्वयनमा केन्द्रको क्यालेन्डरको साटो प्रदेश १ ले जेठ १५ भित्रै खर्च गरिसक्ने गरी काम अघि बढाएको बताए । अख्तियारी बजेटसंगै तल गईसकेको र कामको प्रगति तथा मूल्यांकन अनुगमन समितिले फिल्डमै गएर हेर्ने पनि बताए । भने,‘‘अब त विषयगत समिति पनि सक्रिय भएका छन् । ती समितिले पनि सरकारको कामको मूल्यांकन, अनुगमन र पृष्ठपोषण गर्नेछन् ।’’ उनले अधिकार सम्पन्न कमिटी बनाएर विकास निर्माणसंग सम्बन्धित कामको अनुगमन गरिने स्पष्ट गरे । 
सांसदले मास्क लगाएर हिँड्नै पर्दैन !

केही दिनअघि नेकपाकै सांसद उपेन्द्रप्रसाद घिमिरेले सरकारको काम कार्वाहीबारे आफूँले लोगो फुकालेर सदनमा बोलेको भन्दै टिप्पणी गरेको विषयमा मुख्यमन्त्री राईले लोगो फुकालेर वा मास्क लगाएर हिंड्नु पर्ने अवस्था किन आयो भन्दै प्रतिप्रश्न गरे । भने,‘‘मुख पनि छोपेर हिंड्नु पर्दैन बरु तथ्यसहित सभामुखमार्फत कुरा आओस । मास्क लगाएर, लोगो फुकालेर बवा लुकेर लुरुक्क आएर दायित्व पूरा हँदैन । भ्रष्टाचार र सुशासनको कुरा उठाउनु जायज हो तर तथ्यगत रुपमा आउनु पर्छ ।’’ 

मुख्यमन्त्रीले अघिल्लो वर्षको बजेट कार्यान्वयन कर्मचारी तथा संरचनाको अभावमा पनि ६० प्रतिशत हाराहारी पुग्नु सकारात्मक भएको बताए । राईले प्रदेशमा उपलब्ध जग्गाको विषयमा अध्ययन गरी यसलाई कुन क्षेत्रको भनेर छुट्याउने काम गरिने र यसको उपयोगका लागि संघीय सरकारसंग पनि छलफल हुने बताए । कला संस्कृति प्रवद्र्धन गर्न चलचित्र महोत्सव गरिने उनको भनाइ थियो ।

सहकारी विधेयक पारित

प्रदेशसभाको आइतबारको बैठकबाट प्रदेश १ को सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सामाजिक विकास समितिबाट प्राप्त भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रीले विधेयक पारित गर्न सदनसमक्ष प्रस्ताव गरेका थिए । यो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

    

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC