site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसीसी यू–१९ मा नेपालको सेमिफाइनल यात्रा समाप्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको सेमिफाइनल यात्र समाप्त भएको छ । 

श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर २ बलमा ६२ रन बनायो । बंगलादेशका लागि टोहिद हेर्दाेय र अकबर अलिले अर्धशतकीय पारी खेले । अकबरले ९८ रन बनाउँदा टोहिद ६० रन बनाउन सफल भए । त्यस्तै बंगलादेशका हशन जोयले ४० रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिए । त्यस्तै राशिद खान र हरिबहादुर चौहानले समान एक–एक विकेट लिए ।

Agni Group

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६१ रनको बनाएको थियो । नेपालका लागि सन्दीप जोरा र पवन सराफले अर्धशतक बनाए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका सन्दीप ५६ रन बनाउँदै तानजिम हसनको बलमा क्याच भए ।

पवनले सर्वाधिक ८१ रनको योगदान दिए । रित गौतमसँगै ओपनिङमा आएका पवनले १ सय ११ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ८१ रन बनाएका थिए । उनी मोहम्मद मृत्युन्जयको बलमा एमडि अकबर अलिमार्फत् क्याच भए ।

Global Ime bank

रित गौतम ३२ रनमा रकिबल हुसेनको सिकार हुँदा कुसल मल्लले २८ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेलले १४ रन बनाए । मोहम्मद आसिफ शेखले ४ रनमात्र बनाउन सके । रोहित मोहम्मद सहिनको बलमा एमडि अकबर अलिमार्फच् क्याच हुँदा आसिफ पनि क्याचको सिकार नै भएका थिए ।

सन्दीप जोरालाई साथ दिएका भिम सार्की २१ रनमा पवेलियन फर्किए । रासिद खानले ६ तथा कमलसिंह ऐरीले ९ रन बनाए । बंगलादेशका तानजिम हसन र मोहम्मद साहिनले २–२ विकेट लिए ।  रकिबल हुसेन, मोहम्मद मृत्युन्जय र मिनहजुर रहमानको नाममा १–१ विकेट रह्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC