site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यानभासमा मन र आत्माको द्वन्द्व
Ghorahi CementGhorahi Cement

काठमाडौं । कुनै पनि काम तब उत्कृष्ट र पूर्ण हुन्छ जब त्यो काम भित्री आत्मा र मनदेखि गरिन्छ । अझै कलाको क्षेत्रमा त यसले महत्वपूर्ण भूमिका खेल्छ भन्‍ने मान्यता छ । वरिष्ठ चित्रकार किरण मानन्धर हरेक पटक क्यानभासमा आफनो पेन्टिङ् ब्रस दौडाउँदा मन र आफूबीचको द्वन्द्व सुरू भएको महसुस गर्छन् ।

जुन द्वन्द्वलाई उनी 'साइलेन्स डाइलग'को उपमा दिन्छन् । लाखौं चित्रहरु क्यानभासमा उतारी सक्दा पनि उनी हरेक पटक नयाँ चित्र कोर्न क्यानभास अगाडि बस्दा के कोर्ने भन्ने अलमलमा पर्छन् । र यही अलमललाई चिर्दै उनी भित्रको चित्रकारको आत्माले उनको हातको औंलालाई विभिन्न रंगमा दौडाउँछ ।

किरण भन्छन्, “जब भित्रबाट सुझाएका मेरा औंला ती रंगहरुमा खेल्न सुरू गर्छन् तब मलाई महसुस हुन्छ कि अब म एक्लो छैन, मेरो आत्मा पनि साथमा छ ।”

Agni Group

उनी चित्र कोर्न बस्दा कहिले साथीहरुको, कहिले आफना गुरुको त कहिले आफनो परिवारको आत्मा आफूमा आएर आफूलाई सुझाव दिने गरेको महसुस गर्ने गरेको अनुभव उनले सुनाए । आत्मा र आफूबीचको सकारात्मक द्वन्द्वमा कहिले आत्माले त कहिले आफूले जित्ने गरेको उनले बताए ।

तीनै आत्माहरुलाई मानन्धरले पहिलो पटक चित्रमा उतारेका छन् । मानन्धरको ‘आत्मा’ शीर्षकमा १५ दिने एकल चित्रकला प्रदर्शनी सुरू भएको छ ।

Global Ime bank

झम्सिखेलस्थित अगेनो रेष्टुरेन्टको प्रदर्शनी हलमा भदौ २० गते शुक्रबारदेखि सुरू भएको प्रदर्शनी असोज ३ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा मानन्धरका २० वटा विभिन्न रंग प्रयोग गरिएका चित्रहरु राखिएका छन् । मानन्धरले पछिल्लो समय चित्रकलामा चर्चित 'एब्स्ट्र्याक्ट फर्म'लाई प्रयोगमा ल्याएका छन् ।

“यसलाई 'एब्स्ट्रायक्ट' मात्रैभन्दा पनि 'फिगर एब्स्ट्रायक्ट' भनिन्छ, मानिसहरुले नबुझेर यसलाई 'एब्स्ट्रायक्ट' भन्ने गर्छन् तर यो 'एब्स्ट्र्याक्ट' मात्रै होइन्” मानन्धरले भने । 'एक्रिलिक क्यानभास'मा उनले आफनो वरिपरि भएका हरेक वस्तुलाई आफनो सिर्जनामा उतार्ने कोशिस गरेका छन् । रंगमात्रै नभई उनले कपडा, कागजलगायतका वस्तुहरु पनि आफनो सिर्जनामा प्रयोग गरेका छन् ।

उनका अनुसार ‘फोल्क मोटिभ’ विकास नभएसम्म 'एब्स्ट्रायक्ट फर्म'को विकास हुँदैन् । प्रदर्शनीको उद्घाटन व्यवासायी विनोद चौधरीले पानसमा दियो बालेर गरेका हुन् ।

प्रदर्शनीको मुख्य अतिथी र अतिथीको रुपमा क्रमश: व्यवासायी विनोद चोधरी र मुटुरोग विशेषज्ञ भगवान कोइरालाको उपस्थित थिए । 

मानन्धरले कला क्षेत्रभन्दा पर व्यवसायमा रहेका विनोद चौधरीलाई प्रदर्शनीमा अतिथीको रुपमा बोलाउनुको कारण भनेको कला र आर्थिक पक्षलाई हातेमालो गरेर अगाडि बढाउनु पर्ने सन्देश दिनको लागि भएको बताए ।

मानन्धर आफैंलाई थाहा छैन् उनले अहिलेसम्म कतिवटा चित्र कोरे ? “गणना त गरेको छैन् तर अहिलेसम्म लाखौं पेन्टिङ्हरु कोरिसकेँ होला,” उनले सुनाए । पहिलो पेन्टिङ् पाँच रुपैयाँदेखि सुरू गरेका उनले फ्रान्समा ५० लाख मूल्यसम्ममा पनि आफनो चित्र बिक्रि गरेका छन् ।

तर नेपालमा भने बढीमा १५ लाखसम्मको मात्रै चित्र नेपालीहरुले तिर्ने गरेको उनले बताए ।

उनको अनुभवमा अहिले नेपालीहरुले पनि चित्रकलाको महत्व बुझ्न थालेका छन् । अहिले नेपालीहरुमा पनि ग्यालरी जाने चलन बढ्दै गएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC