site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 अस्करमा ‘बुलबुल’ सिफारिस, निर्देशक भन्छन्– मेरा लागि सरप्राइज   
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अस्कर अवार्डमा नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा चलचित्र ‘बुलबुल’ सिफारिस भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विनोद पौडेलले निर्देशन गरेको ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामिप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईंसचिव रहेको समितिले ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगष्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा ‘बुलबुल’ मात्र सहभागी भए पछि स्वत छनोट भएको समितिले जनाएको छ ।  

‘बुलबुल’ले सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

“बुलबुल सिफारिस भएको खबर थाहा पाएर खुसी लाग्यो । म त नयाँ चलचित्रका लागि स्क्रिप्टमा थिएँ, खबर थाहा पाउँदा सरप्राइज नै भयो,” अमेरिकामा रहेका निर्देशक विनोदले बाह्रखरीसँग भने, “आफूले बनाएको चलचित्र अस्करका लागि सिफारिस हुँदा निश्चय नै खुसी छु ।”

गत वर्ष अस्करमा ‘पञ्चायत’ छनोट भएको थियो ।   


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC