site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अन्ततः तीन महिना लामो आन्दोलनपछि हङकङकी प्रमुख कार्यकारी क्यारी ल्याम विवादास्पद ‘सुपुर्दगी विधेयक’ खारेज गर्न बाध्य भइन् । कुनै व्यक्तिलाई हङकङमा पक्रेर चीनलाई बुझाउन सकिने प्रावधान भएको ऐन बनाउन खोजिएपछि सुरु भएको विरोध प्रदर्शनमा हङकङका लाखौं नागरिक सामेल भएका छन् र हजारौं थुनामा छन् । आन्दोलनकारीलाई चीन सरकारले ‘आतंककारी’ समेत भन्यो । दिनहुँजस्तो निस्कने लाखौंको जुलुस प्रायः शान्तिपूर्ण रहे पनि बेलाबखत प्रहरी र आन्दोलनकारीबीच हिंसात्मक झडप पनि भयो । आन्दोलनकारीले प्रहरीमाथि ज्यादती गरेको आरोप लगाए । सरकारले खटाएका प्रतिकारीहरूले आन्दोलनकारीमाथि आक्रमण पनि गरे । दमनसँगै आन्दोलनकारीको संख्या र माग बढ्न थाल्यो । अहिले प्रमुख कार्यकारी क्यारीको राजीनामा आन्दोलनकारीको प्रमुख माग बन्न पुगेको छ । स्वतन्त्रता खोसिने डरले आन्दोलित हङकङका नागरिकहरू मूलतः थप लोकतन्त्रको अभ्यास गर्न चाहन्छन् भन्ने यसबाट पुष्टि भएको छ । अहिलेसम्म हङकङवासीले पूर्ण स्वतन्त्रताको माग पनि गरेका छैनन् । सुपुर्दगी विधेयक फिर्ता हुनेबित्तिकै हङकङको सेयर बजारमा उत्साह देखिनुले शान्ति र स्थिरताको महत्त्वको पनि पुष्टि भएको छ ।

बेलायतले सन् १९९७ मा चीनलाई फर्काएपछि हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन यसपटक भइरहेको छ । वास्तवमा ‘एक राष्ट्र : दुई व्यवस्था’को अभ्यासलाई चीनको सरकार र हङकङका नागरिकले बेग्लाबेग्लै अर्थमा बुझेकाले अहिलेको संकट उत्पन्न भएको देखिन्छ । बेलायती उपनिवेशमा रहँदा विधिको शासन र लोकतन्त्रका आधारभूत पक्षको अभ्यास गरेका हङकङका बासिन्दा स्वतन्त्रतापछिका दुई दशकमा समेत चीन सरकारको नियतप्रति ढुक्क हुन सकेनन् । चीन सरकारले पनि हङकङको लोकतन्त्रको अभ्यासलाई शंकाको दृष्टिले हेरिरह्यो । बेलायतबाट फिर्ता लिने क्रममा भएको सम्झौताअनुसारै हङकङमा अलग्गै सरकार, राहदानी र मुद्रा प्रचलनमा छ । तर, सरकार प्रमुखको चयन लोकतान्त्रिक निर्वाचनबाट गर्ने हङकङवासीको चाहना पूरा गर्न भने चीन कहिल्यै तयार भएन । यसैले लोकतन्त्रको पूर्ण अभ्यास गर्न नपाएका हङकङवासी सधैँ नै असन्तुष्ट थिए । मौका पाउनेबित्तिकै उनीहरूको असन्तोष आन्दोलनका रूपमा प्रकट भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सबै आन्दोलनहरूमा जस्तै हङकङमा पनि प्रहरीको दमनसँगै आन्दोलनकारीका मागहरू पनि बढ्दै गएका छन् । विवादास्पद सुपुर्दगी विधेयकको पूर्ण खारेजी आन्दोलनको प्रमुख माग हो । बेइजिङको ‘कठपुलती’ भनिदै आएको हङकङ सरकारकी प्रमुख कार्यकारीले विधेयक पूर्णरूपमा फिर्ता लिएपछि मुख्य माग पूरा भएको देखिएको छ । तर, प्रदर्शनकारीमाथि भएको प्रहरी ज्यादतीको निष्पक्ष छानबिनको माग पूरा गर्न प्रमुख कार्यकारीले ल्यामले अस्वीकार गरेकी छन् । बरु, उनले प्रहरी ज्यादतीको छानबिन गर्न सरकारकै नियमित संयन्त्रलाई सक्रिय बनाइने घोषणा गरेकी छिन् । आन्दोलनकारीले सुपुर्दगी विधेयक खारेज हुनुलाई सकारात्मक भने पनि ‘निकै ढिलो निकै कम’ भनेर आन्दोलन स्थगित गर्ने आह्वान अस्वीकार गरेका छन् । उता चीनले सेना तैनाथ गर्ने तयारी गरेको संकेत दिएको छ र हङकङको आन्दोलनलाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा खतराका रूपमा लिएको सन्देश प्रवाह गर्न थालेको छ । फलस्वरूप, हङकङमा संकटकाल लागु गरेर चिनियाँ सेना तैनाथ गरी आन्दोलन दमन गर्ने जोखिम बढेर गएको मानिएको छ । 

हङकङमा कानुन व्यवस्था कायम गर्ने निहुँमा चिनियाँ सेना तैनाथ गरिएमा यथार्थमै ‘एक राष्ट्र : दुई व्यवस्था’को अभ्यास समाप्त हुनेछ । ‘एक राष्ट्र : दुई व्यवस्था’को अभ्यास सफल भएमा ताइवानसँगको एकीकरण पनि सहज हुने विश्वासमा रहेकाहरूलाई त्यसबाट ठूलै झड्का लाग्नेछ । यस्तै, विश्व महाशक्ति बन्ने होडमा रहेको चीनको कम्युनिस्ट शासनप्रति सिंगो लोकतान्त्रिक संसारमा अविश्वास उत्पन्न हुनेछ । बेइजिङको सैनिक हस्तक्षेप भएमा हङकङकोे पनि विश्व आर्थिक केन्द्र बन्ने सम्भावना अन्त्य हुनेछ । अझै तस्बिर स्पष्ट भइसकेको छैन तर सैनिक हस्तक्षेप गर्न तम्सिनु तियानआन मेन चोक दोहोरिने जोखिम निम्त्याउनु हुनसक्छ । चीन सरकार पनि त्यस्तो अवस्था आओस् भन्ने पक्कै चाहँदैन । नत्र, यसभन्दा पहिले नै हस्तक्षेप गरिसक्थ्यो होला । यसैले चीन र आन्दोलनकारी दुवै पक्षले सुझबुझ देखाएर त्यस क्षेत्र र अन्ततः विश्वमै प्रतिकूल प्रभाव पार्नसक्ने गरी अशान्ति र अस्थिरता बढाउने कदम उठाउनेछैनन् र हङकङका नागरिकको मानव अधिकार र स्वतन्त्रताको रक्षा हुनेछ भन्ने अपेक्षा गरौँ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC