site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीको स्वास्थ्य र सुरक्षा

हाम्रा प्रधानमन्त्री बिरामी छन् । उनलाई गम्भीर रोग लागेको छ । उनका मिर्गौलामा समस्या देखिएको छ । केही वर्षपहिले उनले एउटा मिर्गौला फेरेका थिए । अहिले त्यसले राम्ररी काम गर्न नसक्ने भएपछि उनी उपचार गर्न सिंगापुर गएका हुन् । उनी सिंगापुर गएको पनि धेरै दिन भयो । अब त नियास्रो लाग्न थालिसक्यो । 
मजस्तै नियास्रो मान्ने पार्टीमा झन् धेरै होलान् । त्यसले यस्तै कार्यकर्ताहरूको भावना बोकेर प्रधानमन्त्रीलाई भेट्न पार्टीका महासचिव विष्णु पौडेल पनि सिंगापुर उँडे । उनले केही न केही त राम्रो खबर लिएर आउने आशा छ । 

प्रधानमन्त्री देशमा हुँदा केही न केही बोली रहन्थे । उनले गैँडालाई अंग्रेजीमा ‘राइनो’ भन्ने हैन गैँडा नै भन्नुपर्छ भनेको दोस्रो पटक पनि ठूलै चर्चाको विषय बनेको हो । उनले मानिसहरूले गैँडालाई किन ‘राइनो’ भने होलान् भनेर आश्चर्य व्यक्त गर्दा म धेरै दिनसम्म सोच्न बाध्य भएँ । देशको प्रधानमन्त्री भनेको देशभित्रका सबै विश्वविद्यालयको कुलपति पनि हो । कुनै विश्वविद्यालयको भाषाशास्त्रको प्राध्यापकलाई बोलाएर सोधेको भए त हुने थियो नि ! उनले राम्ररी किन, कुन ऐतिहासिक कारणले त्यो जन्तुलाई अंग्रेजी भाषा बोल्नेले ‘राइनो’ भने वा जर्मन भाषा बोल्नेले ‘नासोर्न’ भने भन्ने कुराको प्रमाणिक विवरण प्रस्तुत गर्न सक्थे । प्रधानमन्त्री आफैँ कति विश्वविद्यालयको कुलपतिको हैसियतमा बसेका व्यक्ति । खै किन हो त्यस्तो आवश्यकता नै ठानेनन् । 

पहिलोपटक उनले यस प्रकारको आश्चर्य व्यक्त गर्दा मलाई व्यक्तिगत रूपमा आश्चर्य लागेको थियो । राजनेताले  ‘माउन्ट एभरस्ट’लाई  ‘सगरमाथा’ बनाउने भनेको जस्तो तार्किक र जातीय गौरवलाई बढावा गराउने कुरा एकदमै महत्त्वको हो । अझै प्रधानमन्त्रीको मुखबाट यस्तो कुरा बोलिनुले सर्वाधिक अर्थ राख्नुपर्ने हो । तर भाषणमा एउटा महत्त्वपूर्ण र अर्को साह्रै उत्ताउलो कुरा एकै पटक आएको हुनाले दोस्रो कुराप्रति कसैको ध्यान जान सकेन । त्यसले ‘माउन्ट एभरेस्ट’ शब्दको सट्टामा ‘सगरमाथा’ शब्द व्यवहार गर्ने भन्ने कुनै प्रशासनिक पहल हुन सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

एकपटक सिंगापुरको यात्रा गरेर आएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यका बारेमा आफैँ केही धारणा सार्वजनिक गरे । केही आत्मीय मित्रहरूका बीचमा उनको स्वास्थ्यको चर्चा हुँदा मैले भने – ‘‘उनी बिरामी हुन् । उनको धारणाले उनको आत्मविश्वासलाई मात्र देखाउँछ । उनको स्वास्थ्यको अवस्था होइन । उनका चिकित्सकले उनको स्वास्थ्यको बारेमा बोल्नु पथ्र्यो, त्योमात्र आधिकारिक हुन्छ ।” केही मित्रहरूलाई मन पर्यो, केहीलाई मन परेन । प्रधानमन्त्रीको लोकप्रियताको कुरा गर्नेे हो भने हरेक चार पाँच जनाको समूहमा एकजना उनीप्रति अगाध विश्वास राख्ने व्यक्ति भेटिन्छन् । त्यस्तो माया पाउने भाग्यमानी राजनेताको बारेमा चर्चा गर्दा ज्यादै होस गर्नुपर्ने पनि हुन्छ ।
हुनत, शक्तिले आफैँलाई सम्पूर्ण भौतिक परिस्थितिहरूको व्याख्याता हुँ भन्ने अभिमान राख्छ । यस्तो अभिमानले जनविश्वासलाई तील जति पनि ठान्दैन र जनअपेक्षालाई खरानी जति पनि मूल्यवान् मान्दैन । हो, नमान्न पाउँछ । किनभने, शक्ति भनेको निरन्तर निर्माण र विनिर्माण हुने एउटा धारणा हो । त्यसले आफूले प्राप्त गरेको वैधानिकतालाई सधैँ शाश्वतरूपमा कायम राखिरहन सक्तैन, हुँदैन । कहिले काहीँ प्रधानमन्त्रीको कार्य शैली र व्यवहार देख्दा त्यस्तै अभिभान जाग्यो कि भन्ने द्विविधा मनमा हुन्छ । ज्यादै भावावेशमा आएर ‘तपाईँले मलाई स्वास्थ्यलाभको कामना गर्नु पर्दैन’ भन्नसक्ने प्रधानमन्त्रीप्रति कहिले माया लाग्छ, कहिले दया जाग्छ अनि कहिले उनको सबै परिस्थितिको मूल्यांकनलाई आफैँले ग्रहण गर्न सक्छु भन्ने सन्देश दिने तरिका देख्दा आश्चर्य लाग्छ ।

सिंगापुरमा एउटा विशेष प्रविधिमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य स्थिति के हो ? उनका नीजि चिकित्सक नेपाल फर्किसकेको खबर छ । हुन त उनको स्वास्थ्य हेर्ने समूहमा थुपै अरू स्वेदेशी र विदेशी चिकित्सकहरू होलान् । तिनले पक्कै पनि विज्ञान प्रविधिको यस युगमा थेग्न सक्ने जति सबै विधिको प्रयोग गरेर उनको स्वास्थ्यलाई पुनःस्थापित गर्ने कार्य गरी नै रहेका होलान् ।

Global Ime bank

सरकारका नीति, प्राथमिकता, समाज संचालनका तौरतरिका, विधिविधान, काइदाकानुनका बारेमा ठूलो स्वरमा चर्चा गरिरहने र मिडियामा आइरहने सरकारका प्रवक्ताले प्रधानमन्त्रीलाई भएको के हो ? के हुँदै छ ? कसरी हुँदै छ ? को को चिकित्सकहरूले त्यसो गर्दैछन् ? भन्नेजस्ता जानकारी गराउनु पर्दैन ? के प्रधानमन्त्रीको स्वास्थ्य कुनै व्यक्तिको व्यक्तिगत मामला हो ? यो देशको कुनै पनि सार्वजनिक पदमा बस्ने मानिसको स्वास्थ्य व्यक्तिगत वा पारिवारिक मामलामात्र हुन सक्तैन । त्यसमाथि पनि ‘सम्माननीय’ पदाधिकारीहरूको स्वास्थ्यको विषयमा जुन किसिमको जिम्मेवारीपूर्ण प्रस्तुति सरकारको हुनुपर्ने हो त्यो देखिएन ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष प्रधानमन्त्रीको स्वास्थ्य जस्तै उनको विदेशको बसाइ कति सुरक्षित हो भनेर एउटा शंका सधैँ मेरो मनमा उब्जिन्छ । हुन त नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका योग्य सुरक्षा अधिकारी प्रधानमन्त्रीको सुरक्षाका लागि सिंगापुरमा तैथान नै होलान् । सरकारले प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाको बारेमा जनतालाई आश्वस्त पनि पारेको छैन । 

को कति लोकप्रिय वा अलोकप्रिय वा लोकनिन्दित भन्ने प्रश्न भविष्यको मूल्यांकनका लागि छोडौँ । शक्तिको उत्तेजनामा लोकको मनोरञ्जनका लागि अभिव्यक्त वक्तव्यको पनि यो क्षणमा लेखाजोखा नगरौँ । तर, लोकप्रति जिम्मेवार ढंगले राज्य र शासन कसरी प्रस्तुत भएको छ भनेर भने हेर्नु नै पर्ने हुन्छ । न त प्रधानमन्त्रीको स्वास्थ्यको सन्दर्भमा कुनै जिम्मेवार सूचना आधिकारिक स्रोतबाट प्रवाह उपलब्ध गराइयो न त प्रधानमन्त्रीको सुरक्षाको कुनै चर्चा भयो । 

प्रधानमन्त्री नेपालमा भइरहँदा एउटा किसिमको रमाइलो नै हुने गथ्र्याे । उनी हाम्रा अभिभावक हुन । अभिभावकले सन्तानप्रति सधैँ समान व्यवहार गर्छन् भन्ने पनि छैन । उनका पनि आफ्ना प्राथमिकता हुन्छन् । उनका प्राथमिकताले जनअपेक्षा, जनचाहना र जनविश्वास अनुरूप काम गरे, नगरेको लेखाजेखा पनि भविष्यमा नै हुनेछ । त्यसले उनलाई कुन स्तरको शासक हुन भनेर टाँचा त लगाउने नै छ । तर मैले हिजोआज उनको अनुपस्थितिबाट एउटा नियास्रो अनुभूत गर्ने गरेको छु । कतै कुनै पल सरकारले केही आधिकारिक जानकारी उनको स्वास्थ्य स्थितिको बारेमा सार्वजनिक गरिदियोस् भन्ने अपेक्षा जाग्न थालेको छ । सिंगापुरजस्तो संसारभरका गुप्तचरहरूको ठेलमेल हुने ठाउँमा गएर बसेका प्रधानमन्त्रीको स्वास्थ्यको मात्रै चिन्ता लिएर पुग्दैन भन्ने लाग्न थालेको छ । 

आफ्नो स्वास्थ्य लाभभन्दा इतरका विषयवस्तुहरू प्रधानमन्त्रीका प्राथमिकतामा नपरून् भन्ने लाग्नु स्वाभाविक नै हो । त्यही चिन्ताले नै सरकारले सरकारका स्वास्थ्यमन्त्रीले काठमाडौंको डेंगु आतंकलाई जनस्वास्थ्यको प्रमुख विषय बनाएजस्तै प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा सदनलाई जनतालाई जानकारी दिनुपर्ने समय आएको छ । सदनका जिम्मेवार सदस्यहरूले सत्तापक्ष वा प्रतिपक्षबाट प्रधानमन्त्रीको स्वास्थ्य र सुरक्षाको प्रवन्धको बारेमा जवाफ माग्नुपर्ने समय आएको छ । 

बिरामी प्रधानमन्त्रीको स्वास्थ्यको खबर बुझ्न गएका पार्टी महासचिव पौडेल प्रधानमन्त्रीलाई नै चुस्त, दुरूस्त लिएर फर्किउन् । उपचारको कारणले तत्काल आउन सक्ने अवस्था नरहे पनि चिकित्सकको थप योजना के हो, उनको स्वास्थ्यको अवस्था के हो भन्नेजस्ता आधिकारिक तथ्यांक देशमा आएर सार्वजनिकरण गरिदिऊन् । त्यस्तै गृहमन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्रीको कार्यलयले उनको सुरक्षा प्रबन्ध कसरी मिलाइएको छ भन्ने तुरून्त सार्वजनिक गरोस् । प्रधानमन्त्री सिंगापुरमा स्वस्थ्य होउन, सुरक्षित रहून !
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC