site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल प्रहरी र एउटा बैंकका सजग कर्मचारीका कारण ठूलो बैंक ठगीबाट जोगिएकोमा खुसी हुने कि नेपालका बैंकहरूको बैंकिङ सुरक्षा प्रणाली कमजोर भएकोमा चिन्तित हुने ? शनिवार प्रहरीले बैंकको एटीएमबाट पैसा चोर्दै गरेको फेला पारेको छ । शनिवार राति अस्वाभाविकरूपमा पैसा झिकिएको देखपछि बैंकका कर्मचारीले प्रहरीलाई बेलैमा खबर गरे । प्रहरी तत्कालै सक्रिय भयो र एटीएमबाहिरै चोरलाई दसीसहित समात्यो । एटीएममा पैसासहित समातिएको चोरलाई केरकार र खानतलासी लिने क्रममा प्रहरीले उसको गिरोहमा अरू पनि भएको थाहा पायो । तत्कालै चोरको गिरोह बसेको होटेलमा पुगेर प्रहरीले होटेल छाडेर भाग्न लागेका अवस्थामा चिनियाँ चोरहरूलाई पक्रन सफल भयो । धन्न ती बैंकका कर्मचारीको सजगता र प्रहरीको सक्रियताले बैंकहरू थप ठगिबाट जोगिए । चोरिएको सबै रकम फेला भने परेको छैन र योजनाकार पनि उम्केको शंका गरिएको छ ।

बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । बैंककै ग्राहकमा पनि प्रविधिले दिएको सुविधा नरुचाउने बिरलै होलान् । प्रविधिले सेवा प्रवाहलाई सरल र सहज बनाएको छ भने जोखिम पनि बढाएको छ । नेपालमा मात्र हैन संसारका सबैजसो मुलुकमा प्रविधिको सहयोगमा अपराध हुनेगरेको देखिएको छ । यसैले अपराधीहरूले बैंक चोर्न उच्च प्रविधिको प्रयोग गरेको हुनुपर्छ । सामान्य ग्राहकको खाताबाट रकम चोरिएको भए ठूलै खैलाबैला हुन्थ्यो । एटीएम मेसिनको प्रणालीमा प्रविधिकै प्रयोग गरेर प्रवेश गरी पैसा चोरी गरिएको रहेछ । यस्तो चोरी निकै खप्पिस चोरहरूले गर्न सक्छन् । चोरको गिरोह शुकवार नेपाल पसेको रहेछ । शनिवार राति चोरी गरेर लगत्तै देश छाड्ने तिनको योजना प्रहरीको सक्रियता र सुझबुझका कारणमात्र विफल भयो । यसैले यस घटनालाई बैंकहरूको सुरक्षा प्रणालीको कमजोरी र नेपाल प्रहरीको सफलताका रूपमा लिनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राति अस्वाभाविकरूपमा पैसा झिकिएको देखेपछि प्रहरीलाई तत्काल खबर गर्ने बैंकका ती कर्मचारीले नदेखेको वा निच मारेको भए चोरहरू सजिलै भाग्नसक्थे । यस्तै प्रहरी अधिकारीले पनि तदारुकता नदेखाएको भए चोरलाई दसीसहित एटीएमको ठोकैमा समात्न सम्भव थिएन । सुरक्षा प्रणाली बलियो भएर नभई व्यक्ति विशेषको सक्रियताले अर्थात् संयोगले मात्र यसपटक ठूलो क्षति हुनबाट जोगिएको देखियो । यसैले खुसी हुनुभन्दा सुरक्षा प्रणालीमा समेत सम्झौता गर्ने बैंकरहरूको प्रवृत्तिप्रति चिन्तित हुनुपर्ने देखिन्छ । नेपालका बैंकहरूले अर्बौं रुपियाँ नाफा गरेको समाचार केही दिन पहिले सार्वजनिक भएको थियो । यसैले उच्च सुरक्षा प्रणाली अपनाउन बैंकहरूले खर्च धान्न नसकेको भन्न मिलेन । बैंकको पैसा जोगाउन फजुल खर्च घटाउनु स्वाभाविक हुन्छ । बैंकको भौतिक वा प्राविधिक सुरक्षामै सम्झौता गरेर खर्च जोगाउन खोज्नु आत्मघाती मूर्खता हो । नेपालको बैंकिङ सुरक्षा प्रणाली कमजोर रहेको थाहा पाउँदा पाउँदै सुधार गर्न पर्याप्त ध्यान नदिने नेपाल राष्ट्रबैंकले पनि यस घटनाबाट शिक्षा लिनु जरुरी छ । नियामक संस्थाको ध्यान बैंकरहरूको उमेर वा स्वास्थ्यमा केन्द्रित हुनुको साटो सुरक्षा प्रणालीमा भएको भए यस्तो अवस्था आउने थिएन । यसैले सजग कर्मचारी र तदारुक प्रहरीलाई धन्यवाद दिँदै हामी नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको सुरक्षा र प्रभावकारिता बढाउन ध्यान केन्द्रित गर्न आग्रह गर्छौँ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC