site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईंको साता– मेष अनुकूल,वृष सार्थक 
Sarbottam CementSarbottam Cement

साप्ताहिक राशिफल 

२०७६ भाद्र १४ – २० गतेसम्म 

भाद्रशुक्ल प्रतिपदा – अष्टमीसम्म 

Prabhu Bank
Agni Group
NIC Asia

१४ गते चन्द्रोदय,

१५ गते दर खाने, 

Global Ime bank

१६ गते हरितालिकाव्रत,तीज, गणेशचतुर्थीव्रत, मन्वादि,

१७ गते मंगलचौथीव्रत, ऋर्षिपञ्चमीव्रत, सप्तऋर्षिपूजा, 

१८ गते सूर्यषष्ठी, 

१९ गते अगस्त्योदय, 

२० गते राधाआविर्भाव, गोरखकालीपूजा, कायअष्टमी,

महालक्ष्मीव्रतारम्भ, 

मेषः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमताको विकास हुनेछ । रवि, सोमबार मावलीबाट आवश्यक सहयोग पाइनेछ । मंगल, बुधबार व्यापार व्यवसाय फस्टाउनेछ । बृहस्पति, शुक्रबार शिथिल प्रायः रहनेछ । 

वृषः साता सार्थक रहनेछ । शनिबार त्रासपूर्ण रहनेछ । रवि, सोमबार बौद्धिक काम गरिनेछ । मनमा चिन्ता कम हुनेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । पराक्रम बढ्नेछ । बृहस्पति, शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ । 

मिथुनः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार कीर्तिवर्धक रहनेछ । पुरुषार्थ बढ्नेछ । रवि, सोमबार भयप्रद रहन सक्नेछ । मंगल, बुधबार प्रतिस्पर्धामा काम बन्नेछ । शरीर स्वस्थ रहनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । 

कर्कटः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार बोलीवचनमा प्रभाव बढ्नेछ । रवि, सोमबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । मंगल, बुधबार दुविधात्मक रहनेछ । बृहस्पति, शुक्रबार बुद्धिविवेक क्रियाशील रहनेछ । 

सिंहः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार भाग्योदय हुनेछ । पराक्रम बढ्नेछ । रवि, सोमबार अर्थशक्ति र वाक्शक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मंगल, बुधबार कार्यव्यस्तता बढ्नेछ । बृहस्पति, शुक्रबार मनमा दुविधा बढ्न सक्छ । 

कन्याः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्वर्धक अवसर प्राप्त हुनेछ । मंगल, बुधबार मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । बृहस्पति, शुक्रबार सामाजिक कार्यक्रममा सहभागी भइनेछ । 

तुलाः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनिबार अर्थपूर्ण, उत्साहपूर्ण र लाभदायक रहनेछ । रवि, सोमबार मुख्य काममा व्यवधान आउन सक्नेछ । मंगल, बुधबार उपयुक्त अवसर प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार बोलीमा प्रभाव बढ्नेछ । 

वृश्चिकः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ । रवि, सोमबार नवीन आयस्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार खर्चिलो रहन सक्नेछ । बृहस्पति, शुक्रबार भाग्यवृद्धि हुनेछ । 

धनुः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । रवि, सोमबार सम्मानित भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मंगल, बुधबार प्राप्तिका स्रोतहरु खुल्नेछ । बृहस्पति, शुक्रबार घमण्डले दुःख दिन सक्नेछ । 

मकरः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार अनावश्यक घमण्ड बढ्न सक्छ । रवि, सोमबार आध्यात्मिक कार्यक्रम बन्नेछ । मंगल, बुधबार आटेको काममा सफलता मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन बढ्नेछ । 

कुम्भः साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार अत्यन्त सहज र सुखद यात्रा गरिनेछ । मनोरञ्जन हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । रवि, सोमबार शिथिल प्रायः रहनेछ । मंगल, बुधबार दानपुण्यले मनमा शान्ति मिल्नेछ । बृहस्पति, शुक्रबार उत्कृष्ट रहनेछ । 

मीनः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । रवि, सोमबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । मंगल, बुधबार अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । बृहस्पति, शुक्रबार धार्मिक कार्यमा रुचि बढ्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  ०४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC