साहित्य
काठमाडौं । निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् ।
बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा, रविन्द्रा झालगायतलाई निर्देशक शर्माले तीजको अवसरमा दर खुवाएका हुन् ।
कलाकारले एक–अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान–प्रदान गरेका थिए ।
चलचित्र ‘रातो टिका निधारमा’ असोज १० गते रिलिज हुँदैछ । ‘रातो टिका निधारमा’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६ १६:०५
प्रतिक्रिया दिनुहोस्