site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पावर र लक्जरी दुवै खोज्छन् युवा पुस्ताले गाडीमा
Sarbottam CementSarbottam Cement

राजधानीको भृकुटीमण्डपमा यतिबेला नाडा अटो शो चलिरहेको छ । दुई तथा चार पांग्रे सवारी र तिनका पार्टस्का नयाँ तथा परिस्कृत उत्पादन शोकेश गरिने यस मेला उपभोक्ताहरुका लागि जानकारी लिने अवसर हो भने खरिद गर्न चाहनेका लागि विशेष छुटमा आफ्नो बनाउने थलो पनि हो ।

मेला चलिरहेका बेला बाह्रखरी टिमको भेट पूर्व मिस नेपाल श्रृंखला खतिवडासँग भयो । खतिवडा नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडको स्टलमा अवलोकनकर्तासँग सेल्फी खिचिरहेकी थिइन् । उनी केही महिनाअघि मात्र अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बास्डर नियुक्त भएकी थिइन् । प्रस्तुत छ,

उनै खतिवडासँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंशः

Prabhu Bank
Agni Group
NIC Asia

सवारीसाधानमा युवाहरुको विशेष आकर्षण छ । तपाईंको अनुभवमा हामीबीच कस्तो सवारीप्रति आकर्षण छ ?

यस्तै भन्ने छैन । कसैलाई रगेड, कसैलाई स्लिक खालको विलासिा गाडी मन पर्छ । सबैको व्यक्तिगत च्वाइस हो । युवाहरुको आकर्षणचाहिँं छ ।

Global Ime bank

किन बढेको होला ?
रहर र आवश्यकता दुवै हुनसक्छ ।

तपाईंको रुचीचहिँ कस्तो गाडीमा हो ?
मलाई वातावरणमैत्री गाडी मन पर्छ । विद्युतीय सवारी मन पर्छ । मजस्तै जिम्मेवारी बोध गर्ने युवालाई मन परेको कारण पनि यस्तो किसिमको सवारीको बजारमा पनि फस्टाउँदो छ । म आफूलाई विद्युतीय गाडी वातावरण मैत्री भएका तथा भविष्य राम्रो भएको गाडी हो जस्तो लाग्छ । त्यसैले पनि यस्तै गाडी मन पराउँछु ।

तपाईंले चढ्ने गाडी पनि सायद विद्युतीय नै हो ।
पक्कै पनि । म महिन्द्राको ई–टु–ओ पी८ प्रयोग गर्छु ।

गाडीको प्रयोग एकदमै बढेको छ । तपाईंको अनुभवमा कुन किसिमको गाडीको प्रयोग बढी भएको देख्नुहुन्छ ?
सबै किसिमको गाडीको प्रयोग बढेको छ । त्यो ठाउँअनुसार भर पर्छ । राजधानीमा एसयूभी, ह्याचब्याक, सेडान तथा सिटी कारहरु बढी देखिन्छन् । त्यस्तै असहज बाटोमा अफरोड गाडीहरु देखिन्छन् । स्कोर्पियोलगायत बलिया गाडी सडकमा धेरै देखिन्छन् । भूगोलअनुसार सवारीको प्रयोग हुन्छ ।

महिन्द्राको ब्रान्ड एम्बास्डर हुनुहुन्छ । कम्पनीसँगको आवद्धता कहिलेदेखि हो ?
केही महिना मात्र भयो ।

आवद्ध हुने संयोग कसरी मिल्यो ?
म आफूलाई इलेक्ट्रिक गाडी चाहिएको थियो । त्यही कारण म विभिन्न गाडीहरु हेर्दै थिएँ । यसैबीच मैले सवारी बजारमा पायोनियर कम्पनी महिन्द्राको ई–टु–ओ नाम गरेको गाडीबारे बुझें । महिन्द्राको टिमसँग कुरा गर्दा मैले कम्पनीले केही विद्युतीय सवारी नेपाल ल्याएको बुझें । हाम्रो सम्बन्ध राम्रो हुँदै गयो । काठमाडौं बाहिर जाँदा पनि हामी धेरैजसो महिन्द्राकै गाडी चढ्थ्यौं । महिन्द्रा साँच्चै नै नेपालले भरोसा गरेको ब्रान्ड पनि हो । यसप्रति विश्वास बुझ्न मलाई समय लागेन । यसैलाई संयोग मान्नुपर्छ ।

ब्रान्ड एम्बास्डर हुँदा कस्तो अनुभव हुन्छ ?
नेपालमा चलेको एउटा ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको छ । आम सर्वसाधारलाई सवारी सुविधा दिएको ब्रान्डमा आवद्ध हुने अवसर पाउनु गर्वको विषय पनि हो ।

अघि तपाईंले भनेझैं आवश्यकता र रहरले सवारीको अपरिहार्यता कसरी बढाएको बुझ्नुहुन्छ ?
यातायात बिना दैनिकी निकै नै अप्ठेरो भइसकेको छ । सवारी नभए आवतजावत असम्भवप्रायः छ । कतिको लागि सोख पनि हुनसक्छ । तर, कतिको आवश्यकता पनि हुन्छ ।

यस कम्पनीसँग आवद्ध हुनुभएको निकै समय पनि भइसक्यो । आम मानिसको अपरिहार्यता पूरा गर्न महिन्द्राको भूमिका कस्तो छ ?
पक्कै पनि राजधानीमा महिन्द्रा, मोफसलमा पनि महिन्द्रा । चिल्ला बाटोमा महिन्द्रा, अफरोडमा पनि महिन्द्रा । धनाढ्यहरुले सोखले चढ्नेदेखि आम कृषकको खेतमा पनि महिन्द्रा पुगेको छ । जैविक इन्धन र विद्यूतबाट चल्ने गाडी पनि बनाएको छ, महिन्द्राले ।
सबैको लागि आवश्यक गाडी महिन्द्राले बनाएको छ । महिन्द्रा भन्नेबित्तिकै भर्सटाइल सवारी कम्पनी भन्ने बुभिन्छ ।

महिन्द्राको गाडीमा चढ्दाको कुनै रमाइलो अनुभव छ ?
केही अघिमात्र अछामको बाब्ला भन्ने ठाउँमा जाँदाको अनुभव मसँग छ । बिहानै उठेर गन्तव्यतर्फ लाग्नुपर्दा पानी परिरहेको थियो, बाटो निकै अप्ठेरो, साँघुरो पनि । लोकल गाडीहरु पनि चलेका थिएनन् । चिया खाने ठाउँबाट हामी गन्तव्यतर्फ लाग्यौं । गुरुजीले त्यहाँबाट निस्किने आँट गर्नुभयो किनकी हाम्रो साथमा स्कोर्पियो थियो । गाडीको पावरप्रति उहाँको निकै बढी भरोसा रहेछ ।
भर्खरै खनेको बाटो पानीले पखाल्दा चुच्चाचुच्चा ढुंगा गाडीको चक्कामुनि पर्दथे । टायर फुट्ने अवस्था भइसक्यो, गाडीले हिम्मत नहारेको देखेर म निकै अचम्मित भएकी थिएँ ।
मिस नेपालको ब्युटि विथ द पर्पोजको भिडियो बनाउँदा पनि स्कोर्पियो नै लिएर धेरैपल्ट गएका छौं । गाडीले कुनै समस्या दिएको थिएन ।

पहिलोपल्ट गाडी किन्न चाहने प्रयोगकर्ताले महिन्द्राको गाडी रोज्दा ठीक होला त ? 
महिन्द्रा भरोसा गर्ने मिल्ने गाडी हो । कम्पनीले देशको जुनसुकै कुनामा पनि पुग्न सक्ने गाडी बनाएको छ । त्यसैले देशैभर ५० भन्दा बढी स्थानमा महिन्द्राको सर्भिस सेन्टर छन् । महिन्द्राका स्पेयर पार्टस् सजिलै पाइन्छ । त्योभन्दा पनि मुख्य कुरा महिन्द्राको गाडी किनेको मूल्यमा जुन फिचर पाउनुहुन्छ, सोही मूल्यका अन्य कम्पनीको गाडीमा पाउनुहुन्न ।

नाडा अटो शोमा महिन्द्राले एक्सयूभी–३०० नाम गरेको गाडी फिचर गरेको छ । तपाईं यसमा चढ्नु पनि भयो होला । यो कस्तो किसिमको गाडी रहेछ ?

एक्सयूभी–३०० को ट्यागलाइन नै काफि छ, ‘सेट्स द रोड अन फायर’ । साँच्चै चलाउँदा यसको पावर फिल गर्न सकिन्छ । ठूलो गाडी छ, स्पेस ठूलो छ । एसयूभी सेग्मेन्टको भएर यो गाडी लक्जरी गाडी हो । यो गाडी अफरोड पनि कुद्न सक्छ । यो गाडी बेस्ट इन क्लास हो । टर्कका आधारमा पनि प्रतिस्पर्धी गाडीभन्दा निकै क्षमतावान छ ।

यो चलाउन निकै मज्जा आउँछ । स्टेरिङ ह्विल पनि स्मार्ट छ । सुरक्षाका दृष्टिमा पनि यो कार निकै सुरक्षित छ । जुन मूल्यमा यो कार किन्न सकिन्छ त्यसमा सातवटा एअरब्याग आउनु भनेको अर्को अचम्म हो ।

। यसमा तापक्रमको नियन्त्रण स्वचालित हुन्छ । आवश्यकता अनुसार गाडीले आफैं तापक्रम सेट गर्छ । गाडी इन्थुजियास्टका लागि यो कार किन्न म सजेस्ट गर्छु ।

इन्टेरियर र इन्फोटेनमेन्ट सिस्टम पनि प्रतिस्पर्धी गाडीभन्दा निकै उत्कृष्ट छ । चारै चक्कामा डिस्क–ब्रेक भएको सेफ्टी फिचरलगायत ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषता यसमा छ । सबै सिटमा सिटबेल्ट रिमाइन्डर,  एप्पल कार–प्ले र एन्ड्रोइड अटो सहितको ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्टवाच कनेक्टिभिटी, इन्जिन स्टार्ट–स्टप, क्रुज कन्ट्रोल, गाइडलाइन सहित रिभर्स पार्किङ क्यामरा, सिक्स–वे एड्जस्टेबल ड्राइभर सिट, एलईडी डेटाइम रनिङ–लाइट, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषताले यस गाडी सुसज्जित रहेको छ । उल्लेख गर्ने पर्ने कुरा यसमा इलेक्ट्रिक सनरुफ छ । यस्तो फिचरले हामीलाई आकर्षण नगर्ने कुरै भएन ।

यसको १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सयदेखि २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई निकै आकर्षित गर्छ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट–बनावटले यसलाई रोमान्चक र बृहत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुने पक्का छ । अझ राम्रो कुरा यो गाडी पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

यो गाडी कस्तो उपभोक्तालाई मन पर्छ ?

पावर र लक्जरी दुवै मन पर्ने सवारी प्रयोगकर्ताले यो कार चढ्नैपर्छ । बेलाबेलामा अफरोड जाने तर आनन्द यात्रा चाहनेका लागि यो कार उत्तम छ । सिटी कारका लागि पनि यसलाई लिन सकिन्छ ।

तपाईंको उचाई धेरै छ, परिवारमा ६–७ जना सदस्य हुनुहुन्छ भने पनि यो गाडी किन्नुहोला । बुट स्पेस पनि धेरै ठूलो छ । त्यसैले धेरै सामान पनि राख्न सकिन्छ ।

बाहिरबाट कस्तो देखिन्छ ? भित्र बस्दा कस्तो फिल हुन्छ ?

बाहिरबाट स्लिक देखिन्छ । चलाउँदा पनि तपाईं ‘महिन्द्राले निकै दामी ल्याएछ’ भनेर अवश्य सोच्नुहुन्छ । धेरै गाडी बाहिरबाट ठूलो देखिए पनि भित्र साँघुरो हुन्छन् तर एक्सयूभी–३०० त्यसको अपवाद हो ।

र अन्त्यमा, आम नेपालीलाई के भन्न चाहनुहुन्छ ?
जीवनमा एउटा गाडी किन्ने चाहना सबैको हुन्छ । त्यो पूरा होस् । पूरा गर्दै हुनुहुन्छ भने महिन्द्राको गाडी किन्नुस् तपाईंको पसिनाको मूल्य खेर जाँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC