site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईंट्टा उद्योगमा डोजर चलेपछि व्यवसायीहरुको आपत्ति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गत आइतबार नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठ वटा ईंट्टा उद्योगहरु बन्द गरेपछि व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल ईट्टा उद्योग महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उक्त कार्यको विरोध गर्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले यसरी तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचनाहरु, चिम्नी, पाकेका ईट्टा,कामदारहरुको वासस्थान र कार्यालय भवन आदिमा भएको क्षति कम्तिमा १० करोडको भएको बताए  ।
ईट्टा उद्योगबाट हुने प्रदूषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिका र ईट्टा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगहरुमा सरकारले तोकेकोे प्रविधि प्रयोग गरी मापदण्ड भन्दा अत्यन्त कममात्रै प्रदूषण गरिरहेको उनले बताए  । 
सबै मापदण्डलाई बेवास्ता गर्दै संविधानले प्रत्याभूत गरेको सम्पत्ति राख्न र व्यवसाय गर्न पाउने मौलिक हकको हनन गर्दै नगरपालिका जस्तो जिम्मेवार निकायका प्रमुखले गुण्डागर्दी शैलीमा उद्योगमाथि आक्रमण गराउनु निन्दनीय रहेको महासंघले ठहर गरेको उनले बताए । 
पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्योग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोवुद्ध नगरपालिकाले आफ्नो पालिकामा सञ्चालित उद्योगलाई व्यक्तिगत इविका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताए ।
ईट्टा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले ईंट्टा उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेवेसीको बजारमा त्यहीका स्थानीय मेयरले ईट्टा उद्योगमा आक्रमण गराउनुको पछाडि व्यक्तिगत विषय रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC