अर्थ व्यवसाय
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा नेपाली महिला युवा उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
उद्यमशिलताको क्षेत्रमा महिलाको सहभागितालाई बढवा दिन यो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा युवा महिला उद्यमीबीचको अनुभव साटासाट गर्ने, एक अर्काबाट सिक्ने र महिलाबीच उद्यमशिलताको विकासमा सहयोग गर्ने मुख्य लक्ष्य रहेको छ ।
सम्मेलनमा अष्ट्रेलियन महिला उद्यमी केट्रिना वेबको प्रमुख वक्तव्य रहेको थियो । सम्मेलनमा नेपालमै सफल महिला उद्यमीहरु अलिसा तुलाधर, रामकली खड्का, प्रसन्ना बस्नेत, सरिता अधिकारी, महिमा श्रेष्ठ, रेवती गुरुङ, सुमना श्रेष्ठले आफ्नो उद्यमशिलताको यात्रा र सफलताको कथा सुनाएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३ १४:२३
प्रतिक्रिया दिनुहोस्