site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

रोल्पा । त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन सुरू गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरू गरिएको हो ।   
    
गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए । 
     
“शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम तयार गरी लागु गरेका छौँ”, उनले भने । राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । 

स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने डाँगीको भनाइ छ । स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उनले बताए । “स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छ”, अध्यक्ष डाँगीले भने ।

गाउँपालिकाभित्र रहेका २९ सामुदायिक विद्यालय र सात निजी विद्यालयले पाठ्यक्रम अध्यापन गराइरहेका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले जानकारी दिए । जिल्लामा आफ्नै पाठ्यक्रम लागू गर्ने पहिलो स्थानीय तह उक्त गाउँपालिका हो । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC