site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेल परियोजनाअन्तर्गत रुपन्देहीको बुटवलदेखि कञ्चनपुरको गडडचौकीसम्मको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागेको छ ।
सरकारले चालू आर्थिक वर्षमा रेलको डीपीआर तयारीका लागि बजेट विनियोजन गरेपछि रेल विभागले परामर्शदाता नियुक्तिको तयारी थालेको हो । बुटवलदेखि गड्डाचौकीसम्म ४ सय २० किलोमिटर लामो विद्युतीय रेल सञ्चालनका लागि विभागले १७ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरेको छ । 
यसअनुसार विभागले मेची–महाकाली रेल परियोजनाअन्तर्गत बुटवल–लमहीमा ४ वटा अन्तर्राष्ट्रिय कम्पनी परामर्शदाताको रूपमा छनोट गरेको छ । त्यस्तै, प्याकेज २ अन्तर्गत लमहीदेखि कोहलपुर, प्याकेज ३ मा नेपालगन्ज–कोहलपुर–सुख्खड र प्याकेज ४ मा सुख्खडदेखि गड्डाचौकीसम्म रेलका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । 
विभागले बुटबलदेखि लमहीसम्मको डीपीआर तयारीका लागि चाइना रेल्वे इरयुयान इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड, चाइना रेल्वे सियुयान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, डोहवा इन्जिनियरिङ कम्पनी लिमिटेड र दि थर्ड रेल्वे सर्भे एन्ड डिजाइन ग्रुप कर्पोरेसनलाई छनोट गरेको छ । त्यस्तै, लमही–कोहलपुर–नेपालगन्जसम्मको डीपीआरका लागि चाइना रेल्वे इरवान, चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन, चाइना रेल्वे सियुयान र थर्ड रेल्वे सर्भे कम्पनी छनोट भएका छन् । प्याकेज ३ मा चाइना रेल्वे, रेल्वे सियुयान, डाहवा इन्जिनियरिङ र दि थर्ड रेल्वे छनोट भएका छन् भने प्याकेज ४ मा चाइना रेल्वे, फस्र्ट सर्भिस रेल्वे सियुयान, दि थर्ड रेल्वे र युसिन इन्जिनियरिङ कर्पोरेसन छानिएको विभागले जनाएको छ । यीमध्ये पनि अन्तिम ४ वटालाई छान्न विभागले बोलपत्र आह्वान गर्नेछ । 
हाललाई बुटवलदेखि गड्डाचौकी खण्डको डीपीआर तयार गर्न लागिएको विभागका इन्जिनियर किरण कार्कीले बताए । उनका अनुसार डीपीआर तयार भएपछिमात्रै वास्तविक लागत र प्राविधिक अवस्था थाहा हुनेछ । डीपीआरको काम १५ महिनाभित्र सक्ने विभागको लक्ष्य छ । सञ्चालन गर्ने भनिएको रेलको गति प्रतिघण्टा २ सय किलोमिटरसम्म हुनेछ । 
विभागले महोत्तरीको बर्दिबासदेखि झापाको काँकडभिट्टासम्म २ सय ५५ किलोमिटर लामो विद्युतीय रेलको डीपीआर तयार गरिसकेको छ । त्यस्तै, बर्दिबासदेखि बाराको सिमरासम्म १ सय ८ किलोमिटरमध्ये ३० किलोमिटरमा ठेक्का लगाई ट्र्याक खोल्ने काम भइरहेको छ । सिमरादेखि बुटवलसम्म १ सय ५२ किलोमिटर लामो रेलका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण समस्या भएको छ । यसको डीपीआर तयार भइसकेको छ । 
खर्बौं रुपैयाँ लगानी चाहिने ठूलो परियोजना भएकाले रेलको लागत यकिन भईनसकेको विभागका अधिकारीहरूले बताएका छन् । स्वदेशी वा विदेशी कुन लगानीमा बनाउने भन्ने मोडालिटी पनि तयार भइसकेको छैन ।  
सरकारले नेपालमा विद्युतीय, मेट्रो र मोनोरेल सञ्चालनका लागि ०६८ असारमा रेल विभागको गठन गरेको थियो । विभागअन्तर्गत रेल्वे तथा मेट्रो विकास आयोजना, रेल परियोजना, मेची– महाकाली दु्रत विद्युतीय रेल र काठमाडौं उपत्यका मेट्रो रेल आयोजना सञ्चालनमा छन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC