एजेन्सी । इंलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा बर्नेमाउथलाई ३–१ गोल अन्तरले हराएको हो ।
बर्नेमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई तथा रहिम स्ट्रर्लिङले एक गोल गरे । उता बर्नेमाउथका लागि ह्यारी विलसनले एक गोल फर्काए ।
सिटीका लागि खेलको १५ औँ मिनेटमा अग्युरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४३ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
यता बर्नेमाउथका लागि पहिलो हाफको इन्ज्यूरी समयमा विलसनले गोल गर्दै क्लबलाई राहत दिलाए । यता सिटीका लागि अग्युरोले खेलको ६४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।
जितसँगै सिटीले तीन खेलबाट ७ अंक जोडेको छ । पिराजित बर्नेमाउथको तीन खेलबाट ४ अक रहेको छ ।