site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'नरसंहार दिवस': दुई लाख रोहिंग्या शरणार्थीले निकाले बंगलादेशमा र्‍याली 
Sarbottam CementSarbottam Cement

बंगलादेशमा हजारौं रोहिंग्याली शरणार्थीहरुले र्‍याली निकालेका छन् । बंगलादेशमा शरण लिएको दोस्रो प्रवेशको अवसरमा उनीहरुले र्‍याली निकालेका हुन् । उनीहरुले म्यानमारले नागरिकता दिनुपर्ने र अन्य अधिकारहरु सुनिश्च‍ति गर्ने सहमति भएमात्र आफू फर्किन तयार रहेको भन्दै बंगलादेशमा र्‍याली निकालेका हुन् । 

प्रहरी अधिकारी जाकिर हसनले एएफपीलाई दिएको जानकारीअनुसार आइतबार बंगलादेशको कोक्स बजारस्थित कुटुपालोङ क्याम्पमा निकालिएको उक्त शान्तिपूर्ण र्‍यालीमा करिब दुई लाख रोहिंग्याली शरणार्थीहरु सहभागी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बालबालिका, महिला र पुरुष सहभागी उक्त र्‍यालीमा 'इश्वर महान छन्, रोहिंग्यालाई दीर्घजीवनको कामना' लगायतका नाराहरु लगाउँदै विश्वकै सबभन्दा ठूलो शरणार्थी शिविरमा र्‍याली निकाल्दै दोस्रो 'नरसंहार दिवस' मनाएका हुन् । 
 
'नेभर अगेन' (अब कहिले पनि नहोस्) लेखिएका प्ला कार्ड, ब्यानरसहित उपस्थित रोहिंग्याले 'नरसंहार' को त्यो दिन सम्झँदै नागरिकता फिर्ता दिनुपर्ने माग गर्दै र्‍यालीमा सहभागी थिए । अगस्ट २५, २०१७ मा करिब सात लाख ४० हजार मुस्लिम रोहिंग्याहरु रखाइन राज्यबाट बंगलादेशतर्फ भागेका थिए । म्यानमार सेनाले रोहिंग्यामाथि दमन र अत्याचार गर्न थालेपछि राज्य छोडेर उनीहरु भागेका थिए । 

रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउने पहलमा बंगलादेश असफल भएपछि आइतबार र्‍याली आयोजना गरिएको थियो । कोही पनि एकजना रोहिंगियाली शरणार्थी पनि म्यानमार फर्कन तयार थिएनन् । 

Global Ime bank

"हामी विश्वलाई भन्‍न चाहन्छौं कि हामीलाई हाम्रा अधिकारहरु फिर्ता चाहियो । हामीलाई हाम्रो नागरिकता, हाम्रो घर र जमिन फिर्ता चाहियो," मुहिब उल्लाह, र्‍यालीमा सहभागी एक रोहिंग्या शरणार्थीले एसोसियट प्रेसलाई भने, "म्यानमार हाम्रो देश हो । हामी रोहिंग्या हौं ।"

५० वर्षीया तायबा खातुनले रुँदै भनिन्, "म यहाँ दुई वर्षअघि गुमाएका मेरा दुई छोराका लागि न्याय खोज्न उपस्थित भएकी हुँ । मेरो स्वास रहुन्जेलसम्म मेरा छोराको न्यायका लागि लड्‍नेछु ।"
अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC