site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
हाम्रा छालामा बस्ने ब्याक्टेरिया एन्टिबायोटिक प्रतिरोधक बन्दै गइरहेको वैज्ञानिकहरुको चेतावनी
Sarbottam CementSarbottam Cement

एजेन्सी । हामी सबैको छालामा बस्ने ब्याक्टेरिया एन्टिबायोटिक प्रतिरोधक बन्दै गएपछि यसले शल्यक्रियाका क्रममा संक्रमण हुने खतरा बढाएको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । अस्पतालमा पाइने औषधि निरोधक ब्याक्टेरिया जस्तैगरी यसलाई पनि एन्टिबायोटिक्सको प्रयोगले नष्ट गर्न नसकिने भएको बताइएको हो । 

वास्तवमा ‘स्टाफाइलोकोक्कस’ नामक सो ब्याक्टेरिया सबैको छालामा बसेको हुन्छ जसले सामान्य अवस्थामा कुनै हानि पुर्याउँदैन तर शल्यक्रियापछि हाम्रा घाउसम्म पुगेमा चाहिँ गम्भीर क्षति पुर्याउन सक्छ । संचार एजेन्सी डेलीमेलका अनुसार एक अनुसन्धानकर्ताले यसलाई डरलाग्दो प्याथोजेनको नाम दिँदै विज्ञहरुलाई यो जानकारी गम्भीर रुपमा लिन र यसमा संवेदनशील बिरामीहरुको पहिचान गर्न सुझाव दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पनि युनिभर्सिटी अफ बाथका वैज्ञानिकहरुले शल्यक्रियापछि संक्रमित भएका मानिसहरुको छालामा खतरनाक प्रवृत्तिका ब्याक्टेरिया पत्ता लगाएका थिए । यस्तोमा ती बिरामीहरुको पहिचान गर्न सके चिकित्सकहरुले गम्भीर असरबाट जोगाउन सक्ने बताइएको छ । ब्याक्टेरियाहरु लगातार हाम्रा छालामा बस्ने प्रयास गर्ने हुनाले पनि यस प्रकारका औषधि निरोधक किटाणुहरु सजिलै फैलन सक्ने प्रोफेसर स्याम सेपर्डले बताएका हुन् । 

उनले भनेका छन्, ‘अस्पतालहरुमा यस्ता समस्यालाई ल्याब स्याम्पल दूषित भएको मानेर बेवास्ता गरिन्छ र कतिपय अवस्थामा यसलाई हरेक शल्यक्रियाका जोखिमदायी पक्षका रुपमा समेत स्वीकार गर्ने गरिएको छ । तर वास्तवमै शल्यक्रियापछिको संक्रमण धेरै घातक साबित हुन सक्छ ।’ बेलायतमा मात्र एक तिहाइ मानिसको शल्यक्रियापछिको संक्रमणकै कारण मृत्यु हुने गरेको पाइएको छ । यस्तोमा विज्ञहरुले चाँडो भन्दा चाँडो यसको उपचारको खोजी गरि खतरा कम गराउनतर्फ जोड दिनुपर्ने सेपर्डको भनाइ छ । 

Global Ime bank

यस अनुसन्धानमा वैज्ञानिकहरुले घुँडा प्रतिस्थापन, हड्डी फिक्स गर्ने लगायतका शल्यक्रियापछि संक्रमित भएका र साथै स्वस्थ बिरामीहरुको समेत परीक्षण गरेका थिए जसपछि छालामा हुने ब्याक्टेरियाका जिनमा ६१ किसिमका भिन्नता पत्ता लगाइएको हो । यस्तोमा केही स्वस्थ बिरामीहरुमा समेत खतरनाक ब्याक्टेरिया भेटिएको थियो जसले आउँदो समयमा कुनैपनि समय शल्यक्रिया गराए उनीहरु पनि भयानक संक्रमणको शिकार बन्ने बताइएको छ । 

वास्तवमा यस्ता शक्तिशाली किटाणुहरु हाम्रो रगतनलीसँग सम्पर्कमा आए तिनीहरु हाम्रो प्रतिरोघात्मक प्रणालीबाट उम्किएर खतरनाक रोग पैदा गराउन सक्ने बताइएको छ । त्यसैले पनि चिकित्सकहरुले यसलाई नियन्त्रणमा ल्याउन केही नगरे यो रोग झन छिटो फैलिएर शल्यक्रियापछि हुने एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरियाको संक्रमण, सामान्य बन्दै जाने चेतावनी दिइएको छ । यसकारण जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित यो अध्ययनले भविष्यमा यस विषयलाई सम्बोधन गर्न विज्ञहरुसमक्ष अपील गरेको हो ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ०४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC