site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश प्रहरीलाई १४ गाडी
Sarbottam CementSarbottam Cement

सुर्खेत । आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ ।  

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गरेका हुन् । साँचो हस्तान्तरण गर्दै कानूनमन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा मजबूत बनाउन र जनताको दैनिक समस्या यथासम्भव समाधान गर्न दुईचरण गरेर १४ गाडी हस्तान्तरण गरिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साँचो ग्रहण गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये अभाव र बढी आवश्यकता भएका जिल्लाको अवस्थालाई मध्यनजर गरेर गाडी प्रदान गर्ने बताए । “भौगोलिक विकटताले बनाएको अप्ठ्यारोलाई प्रदेश सरकारको यो कामले सजिलो बनाएको छ,” उनले भने, “यस कार्यले प्रहरीको मनोबल बढाउनुको साथै कार्यसम्पादनमा प्रभावकारिता ल्याउने देखिन्छ ।” 

प्रदेश सरकारले बलेरो क्याम्पर र टाटा कम्पनीका गाडी प्रदान गरेको मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिए । उनका अनुसार आव ०७५÷७६ अन्तर्गत गाडी खरीदका लागि विनियोजित रु आठ करोड बजेटमा रु छ करोड २९ लाख ९५ हजारको गाडी प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको हो । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC