site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट खरिदमा कर छली
Ghorahi CementGhorahi Cement

काठमाडौं । भाइटल हेल्थ केयर प्रालीले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । 

भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो । 

Agni Group

एमआरपी मूल्य १९६ भारतीय रुपैयाँ उल्लेख भएकोमा राजश्व कम तिर्ने उद्देश्यले प्रति एकाइ मूल्य १८ भारतीय रुपैयाँ मात्र घोषणा गरी वीरगञ्ज भन्सार कार्यालयमा भुक्तानी गरी वस्तु पैठारी गरेको देखिएको मैनालीले जानकारी दिए । 

प्रतिवादी कुमार खरेलले उक्त मालवस्तुको कम मूल्य कायम गरी भन्सार जाँचपास गराउने कार्यमा संलग्न रहेको र सवारी चालक रञ्जन अधिकारी सहयोगी बनेकाले उनीहरुलाई मतियार बनाइ काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको उनले जानकारी दिए ।

Global Ime bank

विभागले रसुवा नाका हुँदै अवैध रुपमा एक किलो सुन भित्र्याउने पेम्बा तामाङविरुद्ध रु ५५ लाख ७३ हजार बिगो कायम गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा चलाएको जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC