खेल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सुजल श्रेष्ठले सम्हाल्ने भएका छन् । उनले मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी सुजललाई प्रदान गरेका हुन् । यसअघि नेपाली टोलीका नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि सुजललाई कप्तानको जिम्मेवारी दिएको हो ।
मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग नेपालले सोमबार उसैको मैदानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६ १८:४३
प्रतिक्रिया दिनुहोस्