site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीसँग मेरो राजनीतिक विमतिमात्रै होः नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग राजनीतिक असहमति रहेको तर व्यक्तिगत रूपमा कुनै तिक्तता नरहेको स्पष्ट पारेका छन् । बिहीबार सचिवालयको बैठकमा पार्टी अध्यक्षसँग भनाभन भएपछि वास्तविकता बुझ्न निवास पुगेका पार्टी नेता एवम् बङ्गलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रसँग नेपालले यस्तो कुरा गरेको स्रोतले बताएको छ । 

मिश्र नेपालकै सिफारिसमा राजदूत प्रस्तावित भएका हुन् । दुई नेताबीच खटपट भएको समाचार बाहिर आएपछि मिश्र नेपाल निवास पुगेका थिए । नेता नेपालले पार्टी अध्यक्षसँग व्यक्तिगत मनमुटाव नरहेको, राजनीतिक विमतिमात्रै रहेको, निर्णयमा असहमति रहेको र त्यो पार्टीको विधि र प्रक्रियासङ्गत कुरा भएको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँ पार्टी अध्यक्ष र प्रधानमन्त्री हो । उहाँ नै व्यक्तिगत तहमा उत्रनुभएको हो । मेरो उहाँसँग केही तिक्तता छैन । हुनुपर्ने कारण छैन,” भेटमा नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

वरिष्ठ नेता नेपालले ओलीसँग सम्बन्ध सुधार्न चाहेको भनेर चर्चा चलेको भन्दै आपत्ति प्रकट गरेको स्रोतको भनाइ छ । “प्रस्तावित राजदूतसँग बैठकमा भएको कुराकानीमात्रै भएको हो । सन्देश पठाउनेगरी कुनै कुराकानी भएको छैन,” स्रोतले भन्यो । बिहीबार पार्टी अध्यक्ष ओली र नेपालबीच बैठकको निर्णय प्रक्रियाप्रति गलफति चलेको थियो । ओलीले मेरो अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गर्न बाधा नहुने तर निर्णय प्रक्रियामा मेरो पनि सहमति चाहिने भन्दै सहमतिमा निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।

Global Ime bank

नेपालले भने प्रतिवाद गर्दै त्यसअघिका निर्णय सम्झाएका थिए । त्यसअघि बहुमतका आधारमा, आफ्नो असहमतिका बीच पनि निर्णय भएको उनको भनाइ थियो ।

त्यसपछि अध्यक्ष ओलीले आफू अध्यक्ष भएको तर्क पेस गरेपछि आक्रोशित नेता नेपालले ‘यू आर द सिनिअर, अमोङ्ग त इक्वेल’ अर्थात् हाम्रो सबैको हैसियत बराबरी हो भनेपछि बैठक चर्काचर्कीमा परिणत भएको थियो । नेता नेपालले यी विषय राजनीतिक भएकाले व्यक्तिगत मनमुटावमा बदल्न नहुनेतर्फ नेताहरूलाई सचेत गराएको स्रोतको दाबी छ । यही विषयलाई लिए ओलीसँग सम्बन्ध सुधार्न चाहेको भन्ने समाचारबारे नेता नेपालको खण्डन रहेको स्रोतको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC