site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लघुकथा मञ्चनमाथि अन्तरक्रिया
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लघुकथा समाज नेपालले ११औं वार्षिकोत्सवको तेस्रो तथा अन्तिम दिन लघुकथाको नाट्य मञ्चनलाई लिएर अन्तरक्रियात्मक कार्यक्रमको आयोजन गरेको छ । शुक्रबार बिहान काठमाडौंमा समाजले आयोजना गरेको छलफल कार्यक्रममा लघुकथा र रङ्गमञ्चमाथि चर्चा परिचर्चा गरियो । 

कार्यक्रममा नाटक निर्देशक अशेष मल्लले लघुकथामा कलात्मकता र सौन्दर्य हराएको उल्लेख गरे । सौन्दर्यपूर्ण कलात्मक लघुकथा भए त्यसको मञ्चन पनि अझै उत्कृष्ट हुने उनको भनाई छ । समाजद्वारा सम्मानित साहित्यकार सरुभक्तले आफूले लेखेको दुई लघुकथाको नाट्य मञ्चनले आफूलाई झङकृत गरेको उनले बताए । 

सरुभक्त र इन्दिरा प्रसाईको लघुकथाहरूलाई मञ्चमा उतार्ने निर्देशक राज शाहले लघुकथा मञ्चन जटिल कार्य भएको उल्लेख गरे । कार्यक्रममा डा. सावित्री मल्ल कक्षपति, श्रीओम रोदन, नारायण तिवारी, पवन आलोक, प्राडा लक्ष्मणप्रसाद गौतम, राधेश्याम लेकालीलगायतले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC