site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बाह्रखरीलाई जानकारी दिएअनुसार उनी १ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री स्वदेश फर्किने तिथीको भने अहिले नै टुंगो नलागेको उनले जनाएका छन् । प्रधानमन्त्री ओली यही अगष्ट ३ का दिन फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए । 

उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपनि बोलाएका थिए ।  यस्तै लामो समयदेखि थाति रहेको पार्टीको जिम्मेवारी बाँडफाँड समेत उनले यही छोटो समयमा टुंग्याएका छन् । यसैगरी विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउनको लागि सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन् । 

Agni Group

प्रधानमन्त्री लामो समयदेखि मृगौलाका बिरामी हुन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । कामको धपेडीको कारण देखाउँदै उनको निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम् उनी पहिला त्यसतर्फ गएकोमा अहिले फेरि जान लागेका हुन् ।  प्रधानमन्त्री राति १–२ बजे सम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समश्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको बताइँदै आएको छ । अघिल्लो पटक  सिंगापुर जानुभन्दा एक साता अघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो ।  ६ वर्षअघि उनको हातमा समेत संक्रमण भएर समश्या आएको थियो । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC