site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 नेपाल–भारतबीच भइरहेका गतिविधिमा दुवै पक्ष ‘सन्तुष्ट’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल –भारत संयुक्त आयोगको पाँचौ बैठक दुई देशका सबैजसो मामिलामा छलफल गर्दै बुधबार राति टुंगिएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एस जयशंकरले गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकर बुधबार नै काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा आपसी चासोका विविध विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । 

जयशंकरले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्दैछन् । आयोगको बैठकमा दुई पक्षीय सम्बन्धका सबै जसो विषयमा पुनरावलोकन गरिएको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ ।  जसमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा, जलश्रोत क्षेत्र, संस्कृति र शिक्षाका विषयमा कुराकानी भएको जनाइएको छ । 

नेपाल र भारतका सबैजसो गतिविधिमा आयोगले खुसी व्यक्त गरेको वक्तव्यमा जनाइएको छ । सो अवसरमा गएका दुईवर्षमा नेपाल र भारतबीच भएका उच्चस्तरका भ्रमणका बारेमा पनि छलफल भएको जनाइएको छ ।  यसैगरी सन् १९५०को सन्धीको बारेमा दुवै पक्षले आआफनो धारणा राखेको उल्ल्ोख गर्दै प्रवुद्ध व्यक्ति समूह (इपीजी)को रिपोर्ट बुझाउने सम्बन्धमा समेत छलफल भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय विषयमा सहयोगको सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । संयुक्त आयोगले दुईपक्षीय परियोजनामा भएका प्रगतिको बारेमा पनि सन्तोष व्यक्त गरेको छ ।   मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, हुलाकी सडकको चारखण्ड, नुवाकोट र गोरखा जिल्लामा भूकम्पपछिको हाउजिङ पुनर्निर्माणको कार्यमा आयोगले सन्तोष व्यक्त गरेको छ ।

यसैगरी, जयनगर–जनकपुर र जोगबनी–विराटनगर सेक्सनको सीमापार रेलमार्ग परियोजना र विराटनगरमा एकीकृत जाँच चौकीमा भएको प्रगतिमा पनि सन्तोष व्यक्त गरेको छ । आयोगले परियोजनाका बाँकी काम चाँडो सक्ने बारेमा पनि सहमति जनाएको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१८ को अप्रिलमा भएको भारत भ्रमणका क्रममा विभिन्न तीन क्षेत्रमा भएको सहमतिबारेकोे प्रगतिमा पनि सन्तोष व्यक्त गरेको छ । 

Global Ime bank

त्यतिबेला रक्सौल–काठमाडौं विद्युतीय रेल, इनल्याण्ड वाटरवेज र कृषिमा नयाँ साझेदारीका विषयमा सहमति भएको थियो ।  दुवै पक्षले व्यापार, पारवहन र रेल सेवा सम्बन्धी सन्धी र सहमतिलाई पुनरावलोकनका लागि चाँडै निष्कर्षमा पुग्ने कुरामा पनि सहमति जनाएका छन् ।  यसैगरी दुवै पक्ष सीमा क्षेत्रमा सीमा विन्दुलाई व्यापार र पारवहनलाई सजिलो बनाउनका लागि आवश्यक स्तरोन्नती गर्न पनि सहमत भएका छन् ।

बाढीले गर्दा सीमा क्षेत्रका बासिन्दाका लागि गम्भीर समस्या भएको उल्लेख गर्दै संयुक्त आयोगले यो मामिलालाई सम्बोधन गर्नु जरुरी रहेको महसुस गरेको जनाइएको छ ।  बाढीका सम्बन्धमा संयुक्त टोलीले गरेको सिफारिस बमोजिमका काम अघि बढाउने बारेमा समेत दुवै पक्षले सहमति जनाएका छन् । दुवै मन्त्रीले सो अवसरमा सामाजिक आर्थिक विकासका लागि पर्यटनको महत्वमा जोड दिँदै खासगरी नेपाल भ्रमण वर्ष २०२०मा पर्यटन क्षेत्रमा सहयोगका लागि जोड दिएका छन् । 

नेपालले थप हवाई रुटका लागि गरेको अनुरोधका बारेमा दुवै देशका नागरिक उड्डयन कार्यालय तहमा कुरा भइरहेको र त्यसको सकारात्मक परिणाम निस्कने कुरामा दुवै देशका मन्त्रीले विश्वास व्यक्त गरेका छन् ।  आयोगको बैठककै क्रममा दुई देशका खाद्य सुरक्षा र गुणस्तर हेर्ने निकायबीच आपसी सहयोग आदानप्रदान गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले तराई सडक परियोजना र भूकम्पपछिको पुननिर्माणको विषयमा दुई छुट्टाछुट्टै चेक नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।  ती चेक भौतिक पूर्वाधार र यातायात सचिव देवेन्द्र कार्की र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरिएको थियो । 

बुधबार राति परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको समेत आयोजना गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्किने कार्यतालिका छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC