site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जागरण अभियानअघि नेविसंघ गठन गर्ने तयारीमा कांग्रेस
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विदार्थी संघ (नेविसंघ) ले झण्डै छ महिनापछि केन्द्रीय कार्यसमिति पाउने भएको छ । कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अगाडि नेविसंघको केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेको छ । 

“भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ,” नेविसंघ निर्देशक समितिका सदस्यसमेत रहेका कांग्रेस नेता एनपी साउदले भने, “त्यसअघि नेविसंघको केन्द्रीय कार्यसमिति गठन हुन्छ ।”
गत भदौ २ गते दुई वर्षिय कार्यकाल समाप्त भएपछि विधानतः नेविसंघको कार्यकाल तीन महिना थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवेशन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो ।

Agni Group

दोस्रो पटक थप गरिएको समयावधिभित्र पनि नैनसिंह महर नेतृत्वको नेविसंघले महाधिवेशन गर्न नसकेपछि गत माघ १० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको केन्द्रीय कार्यसमिति विघटन गरेको थियो । महर नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन सहमतिमा गरेको कांग्रेसले नयाँ कार्यसमिति गठनका लागि भने सहमति जुटाउन सकेको छैन । 

नेविसंघ गठन सम्बन्धी नेताहरुका बीचमा पटकपटक छलफल भए पनि सार्थकता भने पाउन सकेको छैन । संस्थापन पक्ष ३२ वर्षमाथिका विद्यार्थी नेताहरु समेटेर नेविसंघको केन्द्रीय कार्यसमिति गठनको पक्षमा देखिँदै आएको छ । संस्थापन पक्षलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएका छन् । 

Global Ime bank

तर, कांग्रेसको ‘तेस्रो धार’ अर्थात् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहले भने विधान बमोजिम नेविसंघको केन्द्रीय कार्यसमिति ३२ वर्ष मुनीबाट गठन गर्नुपर्ने अडान राख्दै आएको छ । 

संस्थापन पक्षले नेविसंघको अब बन्ने केन्द्रीय कार्यसमिति ३२ वर्षभन्दा माथिका विद्यार्थीहरुबाट गठन गरिने दाबी गरेको छ । “सभापति र वरिष्ठ नेता ३२ वर्ष माथिबाटै कमिटि बनाउने पक्षमा देखिनुभएको छ,” सभापति शेरबहादुर देउवा निकट एक नेताले भने, “विधानमा ३२ वर्षीय उमेरको हद आगामी महाधिवेशनबाट लागू हुने भएकाले पनि तदर्थ समितिमा उमेर हदबन्दी लागू हुँदैन ।” कांग्रेसले आगामी महाधिवेशनबाट लागू हुने गरी नेविसंघमा ३२ वर्षीय उमर हदबन्दी लागू गरेर विधान पारित गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC